add

निजी प्रयाेगशालाले पीसीअ‌ार परीक्षणका लागि के गर्नुपर्छ ? यस्ताे छ निर्देशिका






ActPro Nepal

|

११ असार, २०७७

|
873

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयले निजी प्रयोगशालालाई काेराेनाको पीसीअ‌ार परीक्षण गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ ।

याेसँगै निजी प्रयाेगशालालाई स्वाब परीक्षणका लागि बाटाे खुलेकाे छ । यसका लागि के के गर्ने भनेर निर्देशिकामा उल्लेख गरिएकाे छ । साेही अनुसार निजी प्रयाेगशालाले स्वाब परीक्षण गर्न सक्नेछन‍् ।

उनीहरुले सरकारले संकलन गरेकाे थ्राेट स्वाबका नमुना मात्र परीक्षण गर्न पाउनेछन् ।

निर्देशिकामा पीसीआर परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालन गर्न अुनमति लिनुपर्ने उल्लेख छ । मापदण्ड पूरा गर्ने प्रयाेगशालाले मात्र स्वाब परीक्षण गर्न पाउने छन् ।

इच्छुक प्रयोगशलालाले  दैनिक २ सय परीक्षण गर्ने क्षमता राख्नुपर्ने पनि त्यसमा उल्लेख छ । निर्देशिकामा प्रतिस्वाबका लागि पाँच हजार पाँच सय दिने उल्लेख छ ।

मन्त्रालयले असार १५ भित्र दैनिक १० हजार बढी स्वाब परीक्षण गर्ने बताइसकेकाे छ । सरकारले काेराेना परीक्षणकाे दायरा अझ बढाउन निजी प्रयाेगशालाई अनुमति दिने निर्णय गरेकाे थियाे ।

अहिले दैनिक ५ देखि ६ हजार जनाकाे नमुना परीक्षण हुने गरेकाे छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.