add

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार ९ सय ५७ पुग्यो






ActPro Nepal

|

११ असार, २०७७

|
752

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख २० हजार ९६ पुगेको छ ।

संक्रमित मध्ये ५१ लाख ६९ हजार १ सय ४१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म ४ लाख ८३ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २४ हजार २ सय ७९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २४ लाख ६३ हजार १ सय ६८ रहेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.