add

देशभर दसवटा सिग्नेचर पुल बन्ने, कुन-कुन ठाउँमा बन्दैछन् ?






ActPro Nepal

|

८ असार, २०७७

|
970

काठमाडौं । देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् ।

दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैंकसँग ऋण सहयोग सम्झौता भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा सडक, धरान), बाग्मती नदी (शङ्खमूल, काठमाडौँ), तिनाउ नदी (बुटवल), रोहिणी नदी (भैरहवा), बकैया नदी (मकवानपुर) र बाग्मती नदी (सर्लाही–रौतहट)मा ‘सिग्नेचर पुल’ निर्माण हुन लागेको हो ।

सडक विभागको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले ‘सिग्नेचर पुल’ निर्माण हुने स्थान चयन भई अध्ययन भइरहेको जानकारी दिए । उनका अनुसार ‘चिनियाँ, भारतीय र स्विस पुल विज्ञहरूबाट अहिले अध्ययन भइरहेको छ ।

पुलको अध्ययन तथा डिजाइन नेपाल सरकारले आफ्नै लगानीमा गर्ने तथा निर्माण आन्तरिक स्रोत र दातृ निकायको सहयोगमा गरिने जानकारी प्रमुख भट्टराईले दिए । ‘सिग्नेचर पुल’को निर्माण लागत अन्य साधारण पुलको भन्दा महँगो हुन्छ । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिने ‘सिग्नेचर पुल’ चार लेनको तथा बाँकी पुल दुई लेनको हुने जानकारी दिए । डिउईले नेपाल बसेर ‘सिग्नेचर पुल’को डिजाइन गर्नुका साथै नेपाली इन्जिनियरलाई यस विषयमा सीप हस्तान्तरण गर्नुहुनेछ । डिउईको डिजाइनमा यसअघि भारत, श्रीलकंलगायत विश्वका विभिन्न मुलुकमा ‘सिग्नेचर पुल’ निर्माण भइसकेका छन् ।

सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्र्जुनजङ्ग थापाले मुलुकका दस ठाउँमा ‘सिग्नेचर पुल’ निर्माणका लागि विश्व बैंकसँग १२ अर्ब रुपियाँ बराबरको ऋण सहयोग सम्झौता भइसकेको जानकारी दिए । -गोरखापत्र


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.