add

लकडाउनमा ३ लाख टन खाद्यान्न आयात,गेडागुडीको आयत १४ प्रतिशतले बढ्यो






ActPro Nepal

|

४ असार, २०७७

|
956

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा गरेको लकडाउन केहि खुकुलो बनेको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले चैत ११ देखि लक डाउन गर्ने निर्णय गरेको थियो ।

संक्रमण विस्तार रोक्नका लागि सरकारले लगाएको लकडाउनमा पनि अत्यावश्यक वस्तुको आयात भने नियमितरूपमा भइरहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लक डाउनको अवधिमा जेठ ३२ गतेसम्म ३ लाख १२ हजार ८८१ टन खाद्यान्न आयात भएको छ ।

७८ हजार २ सय २७ टन दलहन, ९९ हजार ३७३ टन तकारी आयात भएको मन्त्रालयको तथ्यांक छ । १२ हजार ३११ टन दुग्धजन्य पदार्थ आयात भएको छ ।

खाद्यान्न ६.९ प्रतिशत, गेडागुडीमा १४ प्रतिशत आयात बढेको मन्त्रालयलको तथ्यांक छ । लकडाउनमा अन्य वस्तुको आयातमा रोक लगाए पनि अत्यावश्यक वस्तुको आयातमा भने रोक लगाइएको थिएन । सरकारले लकडाउन खुकुलोगरेसँगै अत्यावश्यक वस्तुुसँगै अन्य वस्तुको आयात बढ्दै गएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.