add

कास्कीमा उत्कृष्ट कमाण्ड गरेका ओम रानालाई बाँके प्रहरी प्रमुख अर्को अग्नी परिक्षा






ActPro Nepal

|

२ असार, २०७७

|
1600

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सबै एसपीलाई असार महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरिएको हो । यो सँगै बाँके प्रहरी प्रमुखको जिम्मेवारी लिएर ओम रानाले सम्हाल्ने छन् । 

कास्की इन्चार्ज रहदाँ प्रहरी संगठनकै साख जोगाउने गरी काम गरेका रानाको बाँकेमा अग्नी परिक्षा शुरु भएको छ।

प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचार प्रसार शाखाबाट उनलाई सोमबार बाँकेको इन्चार्जको रुपमा सरुवा गरिएको छ। कास्कीको कमाण्डमा एसपी रानाले नेपाल प्रहरीकै साख जोगाउने गरी काम गरेका थिए भने कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका कारण प्रहरी चरम अप्ठ्यारोमा परिरहेको बेला कास्कीमा पनि त्यस्तै घटना घटेको थियो ।

तर, कास्की प्रहरी प्रमुख एसपी रानाले ११ घण्टाभित्रै अपराधीलाई नियन्त्रणमा लिएका थिए । उनको सो कार्यले नेपाल प्रहरीकै साख जोगिएको थियो ।

प्रहरी प्रधान कार्यालयमा दरबन्दी भई मेट्रोमा कार्यरत राना प्रहरीमा काबिल प्रहरी अधिकृतको रुपमा परिचय बनाएका छन् । रानाले यसअघि कास्की, रोल्पा, बौद्ध, उदयपुर, दाङ, काठमाडौं अपराध महाशाखा, कालिकोट, रसुवा लगायतका जिल्लाहरुमा प्रमुखको जिम्मेवारी सम्हाली सकेका छन् ।

बिभिन्न मुद्दा तथा अपरेशनहरुको सफल नेतृत्व गरेका रानाको नेतृत्वमा १७५२ (पुरुष) र १३८(महिला) गरी १८९० मुद्दा किनारा लागेको छ । राना यसअघि कास्कीमा रहदा कास्कीका १० वर्षिय वालिका श्रेया विकको बलात्कार पछि क्रुर तरिकाले हत्या गर्ने अपराधी कुशुम पौडेललाई ११ घण्टाभित्र पक्राउ गरेर प्रंशसा बटुलेका थिए ।

२०७६ साल असोज १० गते साँझ कास्कीको पुम्दी भुम्दीकी १० वर्षिय वालिकालाई ललाइ फकाइ बलात्कार गरी क्रुर तरिकाले बालिकाको हत्या गर्ने कुशुम पौडेललाई ११ घण्टाभित्र पक्राउ गरी प्रहरीकै छवि जोगाउन भुमिका खेलेका थिए । सोही वर्ष कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्तको हाल सम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन ।

कास्कीमा पनि श्रेया विकको हत्यारासँगै १ सय ५० फरार अपराधी पक्राउ गर्न सफल भएका थिएभने टोले गुण्डाहरुको गतिविधीलाई शुन्यमा झारेका थिए । त्यसैगरी उनको कार्यकालमा हप्ता असुल्ने टोले गुण्डा र लागुऔषध कारोवारीले समेत टाउको उठाउन नसकेको भन्दै स्थानीयबासीले प्रशंसा गरेका थिए ।

रानाको कार्यकालमा ३३ वटा ठूला जुवा खेल्ने गिरोहलाई पक्राउ गरी कारबाही गरेका थिए । उनकै पालमा कास्कीमा १ सय ४२ स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको थियो ।

एसपी रानाले तत्कालिन समयमा सवैभन्दा संवेदन शिल मानिएको रोल्पा जिल्लामा २०७० सालको दोश्रो संविधान सभाको सफलतापूर्वक गराएका थिए । कास्कीमा रहेर उत्कृष्ट कार्य गरेवापत गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट कार्यालय प्रमुखको पुरस्कार समेत प्राप्त गरेका थिए । उनले राष्ट्रपतिबाट रत्न विभुषण पनि प्राप्त गरेका छन् । 

बाँके जिल्ला प्रहरीका लागि चुनौति पनि हो, खुल्ला सिमासँगै दैनिकजसो हुने अपराधिक घटना, चोरी जस्ता कार्यलाई हुन नदिन २४ घण्टा खट्नु पर्ने देखिन्छ। प्रहरी संगठनमा एउटा सम्भावना बोकेको प्रहरी अधिकृत रानाका लागि बाँके अग्नि परिक्षाको रुपमा शुरु भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.