add

बरिस्ठनेता पौडेल मार्फत स्वास्थ्य र सौन्दर्य सामाग्री हस्तान्तरण






ActPro Nepal

|

३० जेठ, २०७७

|
932

काठमाडौ । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनलाई हरिपृया-प्रकाश फाउन्डेसनबाट काठमाडौं र ललितपुर, भक्तपुर सहित देशको विभिन्न स्थानमा फ्रन्टलाईनका पत्रकारलाई सहयोग गर्ने क्रममा बिहीवार नेपाली कांग्रेस का वरिष्ठ नेता रामचन्द्र पौडेल ज्यु मार्फत स्वास्थ्य र सौन्दर्य सामाग्री नेपाल प्रेस युनियन केन्द्र, कैलाली र तनहुँ जिल्लालाई दिईने सामाग्री हस्तान्तरण भयो ।



बरिस्ठ नेता रामचन्द्र पौडेलद्वारा नेपालमा कोरोना संक्रमण कसरी रोक्ने, लक डाउनमा जनतालाई राहत कसरी दिने अनि बिदेश र सिमानामा रहेका नेपालीको पिडा बारेमा आफुले पार्टीको तर्फबाट नेपाल सरकारको द्य्यानाकर्षण गराएको बताउदै स्व.हरिपृया भण्डारीले जिवित रहदा छोटो समय मै सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा अनुकरणिय काम गरेको सम्झना साथ फाउन्डेसनको कामको प्रशन्सा गर्नुभयो ।

वरिष्ठ नेता पौडेलद्वारा अब प्रकृति, सामाजिक सेवा र कृषिको महत्त्व बुझेर आर्थिक सामाजिक बिकास रोडम्याप बनाउन सरकारलाई आग्रह गर्नुभयो । बरिष्ट नेताद्वारा कांग्रेस युवानेता क्षितिज भण्डारीको स्वार्गिय आमाको स्मृतिमा प्राप्त केही पिपिई, एम ९५ मास्क, फेस सिल्ड, डाबर मन्जन, लिरिल साबुन, ठुलो तेल सहित अन्य ५०० वटा नर्मल मास्क, डाबर नेपालको जुस, हिमालयको फेसवास, नवरत्नको तेल र सैम्फुको सानो पाउच सहित को बक्साहरु युनियनलाई बितरणका लागि दिदा अत्यन्तै खुशी लागेको बताउनु भयो ।


सामाजिक दुरी सहित सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका नेताहरू शिव लम्साल, शिव भट्टराई, ईन्द्र रिजाल, महासचिव अजयबाबू शिवाकोटी, उपमहासचिव सलोजा दाहाल, सचिव खिला कार्की, सचिब दिपा आले, केन्द्रिय सदस्य कल्पना शर्मा, युवा जागरण अभियानका सयोजक चिन्तन पौडेल, नेतृ रोजि ढकाल र भुबन भट्टले आदि उपास्थित हुनुहुन्थ्यो ।


फाउन्डेसनले कुनै आर्थिक संकलन नगरिकन सामाजिक सेवाभावले नेपाली तथा बिदेशी नागरिक, पत्रकार सहित १०हजार अनाथ, असाहय, बिपन्न, दलित अनि बिशेषत: काठमाडौमा अडकिएका सुदुरपश्चिम र कर्णाली प्रदेशका वालवालिकालाई लाखौंको राहत बितरण गर्ने लक्ष्य अनुसारको बितरण जारी रहेको  पत्रकारहरुले खुशी व्यक्त गरेका छन् । नागरिकमा कोरोनाको मनोबैज्ञानिक त्रास हटाई, लक डाउनमा राहत दिन मन र शरिरको सुन्दरतालाई सहित स्वास्थय र सौन्दर्य सामाग्री बितरण अनुमतिको लागि युनियनका अध्यक्ष बद्री सिग्देल र उपाध्यक्ष एवं महिला बिभाग प्रमुख बाला अधिकारीलाई आभार व्यक्त गर्दै उपस्थित अग्रज र सञ्चारकर्मी ज्युहरुलाई समाजसेवी बुवा प्रकाशनारायण भण्डारी ज्यु ले धन्यवाद दिनु भएको छ ।

स्वर्गीय भण्डारीको ईतिहास केलाउदा डोटिको जैनोलीमा धर्मराज पन्तको कोखबाट जन्मिएर बिए सम्म अद्य्ययन गरेर साहित्यकार, लेखिका को रुपम कलम चलाउनु हुन्थ्यो । समाजसेवी प्रकाशनारायण भण्डारीसंग बिवाह पश्चात् लामो समय बिधालयको शैक्षिक अवस्था सुधार अभियानसंगै नेपाल महिला संघ जिल्ला र केन्द्रमा नेतृत्व गर्दै कांग्रेसको महासमिति सदस्य हुँदै सासद उम्मेदवार हुनुहुन्थ्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.