काठमाडौं । नागरिकबाट स्वतः लकडाउन उल्लङ्घन भइरहेका बेला सरकारले आज बुधबार आगामी लकडाउनकाे ढाँचा टुंगो लगाउने भएको छ।
लकडाउनको स्वरुप परिवर्तनको निर्णय गर्न आज दुई बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले असार १ गतेबाट क्रमशः लकडाउन खुकुलो बनाउँदै खोल्ने विषयमा निर्णय गर्न लागेको हो ।
सरकारले दसैंसम्म लकडाउन लम्बाउन परे चार चरण, तिहारसम्म लम्ब्याउन परे पाँच चरणमा गरि लकडाउन खोल्नेछ।
यसअघि सीसीएमसीले १० चरणमा गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई प्रस्ताव पेश गरेको थियो।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ। लकडाउनका कारण मुलुककाे अर्थतन्त्रमा ठूलो धक्का पुग्नुका साथै जीवनयापन संकटमा परेको भन्दै लकडाउन खोल्न सरकारमाथि चर्को दबाब परेको छ।
पहिलो चरणमा उद्योग, कलकारखाना चलाउन दिने, दोस्रो चरणमा निजी सवारी साधन संचालन गर्न दिने, तेस्रोमा सार्वजनिक सवारी साधन र आन्तरिक हवाई सेवा चल्न दिने, पाँचौमा पठनपाठन, सिनेमा, होटेल, रेस्टुरेन्ट, धार्मिक संस्था खोल्न दिने सरकारको योजना छ। एक–एक महिनाको परीक्षण गर्ने सरकारको योजना छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।