काठमाडौं । सरकारले आजदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ ।
गएको चैत ११ गते बन्दाबन्दी (लकडाउन) सुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय आजदेखि खोल्न भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ।
लकडाउनका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो ।
सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग हुँदै आएको थियो । सोही मागअनुसार आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरुपमा कार्यालयमा उपस्थित भई अन्य कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ सेवा सञ्चालनमा ल्याउन विभागले भनेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।