add

प्रेस युनियन र पत्रकार महासंघलाई स्वास्थ्य–सौन्दर्य सामाग्री दिइयो






ActPro Nepal

|

२४ जेठ, २०७७

|
798

काठमाडौं । हरिप्रिया-प्रकाश फाउन्डेसनले उपत्यकामा कार्यरत फ्रन्टलाईनका पत्रकारलाई सौन्दर्य र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन भक्तपुर शाखा र ललितपुरलाई सामाग्री हस्तान्तरण गरिएको हो । पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकी र युनियनका अध्यक्ष रोशन शिल्पकारलाई फाउण्डेशनको तर्फबाट सामाजिक अभियन्ता क्षितिज भण्डारीले कोरोना बाट बच्न सय थान मास्क, पञ्जा सहित फेसवास, सैम्फु, साबुन, तेल र ह्यान्ड बाँस हस्तान्तरण गरिएको पत्रकार इन्द्र रिजालले बताए। 

स्वास्थय र सौन्दर्य सामाग्री बुझ्दै नेपाल पत्रकार महासंघका सभापति बुढाथोकीले गैरराजनीति तवरले सामाग्री बितरण प्रति खुशी प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए ।


नेपाल प्रेस युनियनका सभापति शिल्पकारले आर्थिक मन्दीले नियमित जिविकाउपार्जन गर्न पनि पत्रकारलाई गार्हो परेको बेला सबैलाई सहयोग  अपिल गर्नुभयो ।

कडाउनका बेलापनि काठमाडौंदेखि सम्झेर भक्तपुरमा आई फ्रन्टलाइनमा खटिएका पत्रकार बन्धुहरुलाई राहत सामाग्री वितरण गरेकोमा समाजसेवि एवं प्रभावशाली नेता विनोद कायस्थले बताए ।

१० हजार नागरिकलाई राहत बाडने अभियान अन्तर्गत गत हालसम्म तीन हजार नागरिकलाई खाद्यान्न, रिचार्ज कार्ड,स्वास्थ्य सामाग्री र सौन्दर्य सामाग्री आफ्नी आमा स्वर्गीय हरिप्रिया भण्डारीको स्मृतिमा राहत बाडिएको सामाजिक अभियान्ता क्षितिज भण्डारीले जानकारी दिए ।

स्मरण रहोस युवानेता भण्डारीले भुकम्प, बाढिपहिरो, टोनार्डो, आगलागि पीडित हरेक बर्ष लाखौंको राहत सहयोग फाउन्डेसनमार्फत बाडँदै आएका छन् । लामो समय नेपाल महिला संघको केन्द्रीयमा नेतृत्वमा रहेकी शिक्षाविद् एवं समाजसेवी नेतृ स्वर्गीय भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सांसद उम्मेदवार समेत भएकी थिइन ।

कोरोना र लकडाउनका कारण धेरैले दाह्ररीकपाल काट्न रेजर–ब्लेड किन्न नसकेको, नुहाउनका लागि गुणस्तरीय साबुन र स्याम्फुको कमी महशुस गरेको , अझ सौन्दर्यता र आत्मविश्वास बढाउने हिमालयको फेसबास, डाबरको तेल, मञ्जन र ब्रस तथा क्रिमहरु जनताको पहुँचबाहिर रहेकोले सौन्दर्य सामाग्रीमा विशेष फोबस गरि नागरिकको अनुहारमा मुस्कान ल्याउन खोजिएको सामाजिक अभियन्ता भण्डारीले बताए । सौन्दर्य सामाग्री बाहेक खाद्यान्न, स्वास्थ्य सामाग्री,एनटीसी र एनसेलको रिचार्ज कार्ड बाडेर फाउण्डेशनले नौलो खाले राहतको शुभारम्भ गरेको छ । वितरण कार्यक्रमका लागि कुनै आर्थिक सहयोग नउठाइएको तर कार्यक्रम वितरण व्यवस्थापनमा स्थानीय समाजसेवी व्यक्ति, संस्था र नेपाल प्रहरीले सामाजिक दुरी कायम गरि राहत वितरण गर्न सफल भएको भण्डारीले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.