add

नेपाल कोरोना संक्रमणले खराब मुलकको ८५ औं स्थानमा उक्लियो, भारत सातौ






ActPro Nepal

|

२३ जेठ, २०७७

|
729

काठमाडौं ।  बिहीवार ३ सय ३४ नयाँ संक्रमित थपिएसँगै कोरोनाका कारण खराब मुलुकको सूचीमा नेपाल लगातार अगाडि बढेको छ। सबैभन्दा खराब अवस्थामा रहेको अमेरिका पहिलो स्थानमा छ भने छिमेकी मुलुक भारत सातौ स्थानमा रहेको छ।

नेपाल खराब अवस्थाको ८५ औं स्थानमा उक्लिएको छ। तीन दिन अघिसम्म नेपाल एक सयभन्दा पछाडि नै थियो। नेपालमा अहिलेसम्म २६ सय ३४ जनामा कोभिड १९ देखिएको छ। १० जनाको यसैका कारण मृत्यु भएको छ। मृत्यु भएकामध्ये दुई जनामा मात्र मृत्युपूर्व कोरोना संक्रमण रहेको थाहा भएको थियो। बाँकी ८ जनाको मृत्युपछि परीक्षण गर्दा कोरोना देखिएको थियो।

खराब मुलुकको सूचीमा नेपालको रफ्तार अरुको भन्दा बढी नै छ। किनकि अव्यवस्थित क्वारेन्टाइनहरु लगातार कोरोना संक्रमणको केन्द्रका रुपमा विकास भइरहेका छन्।

कोरोना संक्रमितको संख्यालाई हेर्ने हो भने नेपाल ग्रिस, एल साल्भाडोर, हैटीभन्दा पछिपछि रहेको छ। २ सय १५ मुलुक कोरोना संक्रमणबाट गुज्रिरहेका छन्। त्यसमध्ये ९७ मुलुकमा १ हजारभन्दा कम संक्रमित छन्।

संक्रमितको संख्याका आधारमा अमेरिका पहिलो स्थानमा छ। त्यहाँ अहिलेसम्म १८ लाख ७२ हजार ५ सय २८ जना संक्रमित देखिएका छन्। ब्राजिलमा ५ लाख ८४ हजार १६ जना संक्रमित छन्। रसियामा ४ लाख ४० हजार ५ सय ३८ जना संक्रमित छन्। बेलायतमा संक्रमितको संख्या २ लाख ४० हजार ६ सय ६० रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.