add

लकडाउनमा कडाइ गर्ने उपत्यकाका सिडिओको निश्कर्ष, व्यापारीलाई पसल खोल्न नदिने निर्णय






ActPro Nepal

|

२२ जेठ, २०७७

|
1820

काठमाडौँ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले लकडाउन कडाइका साथ पालना गराउनको निर्देशन दिएका छन् ।

बिहिबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सामूहिक बैठकले लकडाउनको कडाइका साथ पालना गर्नुको विकल्प नरहेको निष्कर्ष निकाल्दै लकडाउन उलङ्घन रोक्न प्रहरीलाई निर्देशन दिएको हो ।

लकडाउन तोड्दै काठमाडौंका व्यापारीहरुले पसल खोल्न थालेपछि बिहीबार बसेको काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका सीडीओहरुको आकस्मिक बैठकले लकडाउनलाई थप कडाई गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

सरकारले जेठ ३२ गतेसम्म लागू गरेको लकडाउन उलङ्घन गर्ने छुट कसैलाई नरहेको भन्दै सिडिओहरुले सरकारले तोकेको अवधिसम्म लकडाउनको पालना सबैले गर्नुपर्ने बताएका छन् । ‘सरकारले अर्को निर्णय नगरेसम्म यसअघि गरेको निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्ने निष्कर्ष छ’ बैठकमा सहभागी ललितपुरका सिडिओ नारायण प्रसाद भट्टले भने, ‘यसअघि जुन जुन पसल खोल्नु भनिएको छ, त्यो बाहेक अरु खोल्न नदिने हाम्रो दायित्व हो, र हामी यो निर्णय कडाइका साथ पालना गराउँछौँ ।’ 

बिहिबारबाट काठमाडौँमा पसलहरू खुलेका छन् । राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा आजबाट पसलहरु खुलेका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.