add

नेपाल भ्यालुयर्स एसाेसिएसनकाे विशेष छलफल सम्पन्न






ActPro Nepal

|

२१ जेठ, २०७७

|
1073

काठमाडौं । नेपाल भ्यालुयर्स एसाेसिएसनले  अनलाइन डिजिटल प्लेटफर्मबाट अबका दिनमा आउन सक्ने मूल्यांकन क्षेत्रका समस्या र नयाँ सम्भावना बारे वृहद छलफल सम्पन्न गरेकाे छ ।

जुम एप्लिकेसन मार्फत नेतृत्वदायी भूमिकामा रहेका बैंकरहरु एवं धिताेविज्ञ र कानुन व्यवसायी समेत सहभागी रहेकाे उक्त छलफलले अबका दिनमा मूल्यांकन क्षेत्रबाट हुने कार्यहरु थप परिष्कृत हुँदै जानुपर्नेमा जाेड दिइएकाे छ । 

धिताे मूल्यांकनकाे लागि माकेर्ट एप्राेच, इन्कम एप्राेच र कस्ट एप्राेच गरी  ३ मुख्य आधार भएपनि नेपालमा अहिले सम्म  यी सबै विधि पालना नगरिएकाे र परम्परागत तवरले नै धिताे मूल्यांकनका कामहरू हुँदै आएकाे बताउँदै अब यसलाइ बदलिँदाे परिवेश बमाेजिम नयाँ ढङ्गले अघी बढाउनुपर्नेमा धिताेमूल्यांकनविज्ञ देवेन्द्र कुमार श्रेष्ठले विशेष जाेड दिनुभएकाे छ । 


एउटा मात्र विधि अपनाएर घरजग्गा जस्ता स्थिर सम्पत्तिकाे मूल्य निर्धारण कार्यले सही र विश्वसनीय आँकडाहरू पस्कन नसक्ने बताउँदै अबका दिनमा विगतमा मूल्यांकनमा अपनाउँदै आइएका विधिहरूमा मात्र सीमित नरही नयाँ तवरले मूल्यांकन सम्बन्धी काम गर्नुपर्नेमा उहाँका जाेड छ । छलफलबाट अब मुख्यतः धिताे मूल्यांकन कार्यमा नेपालमा पनि  अन्तर्राष्ट्रिय मापदण्ड बमाेजिमकै अभ्यास हुनुपर्नेमा विशेष जाेड दिइएकाे छ ।

उक्त कार्यक्रममा बाेल्ने क्रममा नेपाल भ्यालुयर्स एसाेसिएसनका कानुनी सल्लाहकार इन्जिनियर नारायण काेइरालाले अबका दिनमा आउन सक्ने वैधानिक समस्याहरूकाे बारेमा सहभागीहरुलाइ जानकारी गराउनुभएकाे थियाे । आफ्नाे धारणा राख्ने क्रममा उहाँले उहाँले अझै वित्तीय संस्थाहरु र मूल्यांकनकर्ताहरुबीच पारदर्शिता सम्बन्धमा बैंक तथा मूल्यांकर्ता बीच अलमल कायम रहेकाे बताउनुभयाे । 

उहाँले सार्वजनिक खरिद ए‍ेन तथा करारमा  भएका व्यवस्था, कानुनमा व्यवस्था भए बमाेजिम आउन सक्ने समस्या र सुरक्षित रहन अवलम्वन गर्नुपर्ने विधिहरूकाे बारेमा बताउनुभएकाे थियाे ।  साथै पछिल्ला दिनहरुमा नेपालमा मूल्यांकर्ता र बैंकिङ संस्थाहरू बीच भएकाे सुमधुर सम्बन्ध एउटा राम्राे शुरूवात भएकाे बताउनुभयाे । यद्यपि मुल्या‌ंकन क्षेत्रलाइ सामयिक, व्यवस्थित र विश्वसनीय बनाउन यति प्रयाश मात्र प्रयाप्त नभएकाेले अब छलफलकै माध्यमबाट थप तयारीमा दुवै पक्ष जुट्नुपर्नेमा जाेड दिनुभएकाे छ ।

उक्त कार्यक्रममा वैंकिङविज्ञ अनलराज भट्टराइले सम्पत्ति धिताेपत्रमा आउन सक्ने समस्याहरूकाे बारेमा धारणा राख्नुभएकाे थियाे ।    नेपालमा अहिलेकाे अवस्थाले गर्दा मानिस आर्थिक रूपमा कमजाेर बन्ने र यसले घरजग्गाकाे मूल्यमा पनि कमी आउन सक्ने एवं काराेबार घट्न सक्ने बताउँदै यस्ताे कुरालाइ विचार गर्दै यसलाइ व्यवस्थित र स्थिर बनाउन नेपाल राष्ट्र बैंकले विशेष कायर्क्रम ल्याउनुपर्नेमा समेत जाेड दिनुभयाे । साथै अहिलेकाे अवस्थाकाे कारण भावी दिनमा ठूलाे समस्या सृजना हुन सक्ने कुरालाइ विचार गर्दै बैंक, मूल्यांकनकर्ता लगायत सबै पक्ष थप जिम्मेवार हुनुपर्नेमा समेत उहाँले जाेड दिनुभएकाे छ ।

यसैगरी कार्यक्रममा आइक्यानका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले विभिन्न माध्यमबाट मूल्यांकन गर्दा हुनसक्ने त्रुटिहरुकाे बारेमा बताउँदै आवश्यकता बमाेजिम उपयुक्त विधि छनाैट गरेर मुल्यांकन गर्न सुझाउनुभयाे ।

विभिन्न संस्था बमाेजिम गाइन्सलाइन्स फरक हुन सक्ने बताउँदै सम्भव भएसम्म एकै किसिमकाे गाइडलाइन्स बनाउनुपर्नेमा उहाँले जाेड दिनुभएकाे छ । उहाँले अबका दिनमा प्रविधिकाे प्रयाेगबाट मूल्यांकनका कामहरू अघी बढाउनुपर्नेमा समेत जाेड दिनुभयाे । अहिलेकाे परिस्थितिले विगतकाे मूल्यांकनलाइ फरक पार्न सक्ने र कतिपय अवस्थामा पुनर्मुल्यांकन समेत गर्नुपर्नेमा उहाँले मूल्यांकनकर्ताहरूलाइ ध्यानाकर्षित समेत गराउनुभयाे । 

कार्यक्रममा गुडविल फाइनान्सका प्रमुख कर्यकारी अधिकृत तथा नेपाल फाइनान्स इन्ष्टिच्युसनल एसाेसिएसनका अध्यक्ष सराेजकाजी तुलाधरले अझै लकडाउन कायम रहेकाे र संक्रमितहरूाे सङ्ख्या बढिरहेकाे अवस्थामा यस क्षेत्रले व्यहाेर्नुपरेकाे नाेक्सानी सम्बन्धी अझै अनुमान गर्न सकिने स्थिति सृजना नभएकाे बताउनुभयाे ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एसाेसिएसनका अध्यक्ष गाेविन्द ढकालले अबका दिनमा थप  सतर्कता अपनाउँदै नयाँ ढङ्गले मुल्यांकन कार्य अघी बढाउनुपर्नेमा जाेड दिनुभएकाे  छ । नेपालमा भ्यालुएसन पद्दतिमा आगामी दिनमा सामान्य घटनाक्रमले ठूलाे असर पर्ने अवस्था सृजना हुन नदिन अन्तराष्ट्रिय मापदण्ड बमाेजिम नै मुल्यांकन हुनुपर्नेमा उहाँले जाेड दिनुभएकाे छ ।

कार्यक्रममा नेपाल बैंकर एसाेसिएसनका अध्यक्ष भुवन कुमार दाहालले नेपालमा बैंकहरू पनि मूल्यांकन क्षेत्रमा आउन सक्ने नयाँ समस्यालाइ लिएर चिन्तामा रहेकाे र आउँदा दिनमा अहिले  देखिएका र देखिन सक्ने समस्याहरू सबै वर्गका बैंकहरू र मूल्यांकनकर्ता बसेर विशेष छलफल मार्फत टुङ्ग्याउनुपर्नेमा जाेड दिनुभयाे । अब सुरक्षित तवरले कसरी काम गर्न सकिन्छ भन्ने सम्बन्धमा सबै पक्ष जिम्मेवार भएर काममा जुट्नुपर्नेमा उहाँकाे विशेष जाेड छ ।

कार्यक्रममा बाेल्दै नेपाल भ्यालुयर्स एसाेसिएसनका अध्यक्ष इन्जिनियर ऋषि काेइरालाले बैंक लगायत सराेकारवाला निकायहरू समेत अहिलेकाे मूल्यांकनकर्ताकै पक्षमा रहनुले आफूहरुमा थप आशा जागेकाे  र यस मुल्यांकन कार्यलाइ व्यवस्थित बनाउन तत्काल नै विशेष निर्देशिका ल्याउनुपर्ने कुरामा जाेड दिनुभएकाे छ । साथै अबका दिनमा मूल्यांकन क्षेत्र विशेष कार्यसञ्चालन मापदण्ड सहित थप व्यवस्थित बन्दै जानेमा समेत आशावादी रहेकाे बताउनुभएकाे छ । विगतमा तथ्यांक सङ्कलन सम्बन्धी काम गर्न नसक्दा अहिले समस्या व्यहाेर्नुपरेकाे बताउँदै उहाँले अब सबै पक्षकाे सहयाेग र सल्लाहमा उपयुक्त तवरले पुन धिताे मुल्यांकन सम्बन्धी कामलाइ गतिशिल बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयेा ।

विगतमा भएका तथ्यांकले नयाँ मूल्यांकन कार्य गर्दा समस्या सृजना हुन सक्नेमा उहाँकाे धारणा थियाे । अबका दिनमा निश्चित स्ट्यान्डर्ड सहित मूल्यांकन कार्यकाे लागि काेभिड-१९ ले सबै पक्षलाइ एकै ठाउँमा ल्याएकाे र याे नै व्यवस्थित धिताे मूल्यांकनकाे लागि उपयुक्त अवसर भएकाे समेत अध्यक्ष काेइरालाले बताउनुभयाे ।

कार्यक्रमकाे सहजीकरण नेपाल भ्यालुयर्स एसाेसिएसनका सचिव दिनेश कुमार पाठकले गर्नुभएकाे थियाे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.