काठमाडौ । नेपाल सरकार विभिन्न गैर सरकारी सस्था र स्थानीय समाजसेवीले गैरराजनीतिक ढङ्गले सामाजिक सेवामा निरन्तर सक्रिय रहि कोरोना पीडितलाई राहतमा खाद्यान्न सामाग्री र खाना खुवाउदै आएकोमा अब नागरिकलाई दैनिक उपभोग्य गुणस्तरीय उत्पादनहरु मनोबैज्ञानिक रुपले बलियो र सुन्दर बनाउने सामाग्री एचपि फाउन्डेसनले बितरण गर्ने गरेको छ ।
एचपि फाउन्डेसनले त्रिबेणि युथ क्लव अनामनगर संग सहकार्य गरेर बसपार्क, अनामनगर, घट्टेकुला, डिल्ल्बजार, मैतिदेवी, बानेश्वर, सिहदरबार, पुतलीसडक, लैनचौर, बसुन्धरा, बुढानिलकण्ठ सम्मका नागरिक देखि किर्तिपुरमा अलपत्र परिरहेका डिग्री अध्ययनरत विद्यार्थीहरु लाई खाना खुवाउने स्थानमा अवश्यक औसधि, चामल, दाल, मसला, चिउरा, तेल, नुन, मास्कहरु, सेनिटाइजर र तरकारी आदि बितरण गरिरहेकोमा अब विभिन्न शैक्षिक र सौन्दर्य सामाग्री पनि बाडदैछ ।
यी सबै सामाजिक काममा विभिन्न मनकारी कार्यालयको सहयोग र प्रयाशले मात्र सफल भएको महानगरपालिका उपमेयर हरिप्रभा खडगीले बताउनु भयो । सस्थाहरुमा सशस्त्र प्रहरीको पुर्ब महानिरीक्षक सिंहबहादुर श्रेष्ठ देखि महानगरपालिका वार्ड निर्वाचित प्रतिनिधि सुशीला ढ्काल जस्ता समाजसेवीहरु नै सल्लाहकार रहेकोले सबैको सहयोग पारदर्शी र आर्थिक हिसाबकिताब पनि दुरुस्तै र ईमानदार देखिएको स्थानीय प्रदेशसभा सासद माननीय दिपेन्द्र श्रेष्ठ बताउँछन ।
सस्थाले खानाको अतिरिक्त कोरोना र लक डाउन पिडितले दार्हीकपाल काटन नपाएर, मुख धुन नपाएर, राम्रो तेल लगाउन नपाएर कमजोर देखिएको अनि बालबालिकाहरु कापी, कलम, रङ्गहरु नपाएर न्यास्रो मानिरहेकोले ती सबै खाले नागरिकलाई भित्र बाटै मनोबैज्ञानिक रुपमा बलियो, शिक्षित र सुन्दर बनाउन बिपन्न घरपरिवार र विद्यार्थीलाई मन्जन, ब्रस, साबुन, तेल, सौन्दर्य क्रीम, पाउडर र दैनिक उपभोग्य लोकपृय ब्राण्ड को सरसामान सहयोग गर्ने तयारी गरिएको छ । बितरण कार्यक्रमको अनुगमन समितीमा गोरखापत्रका सम्पादक शिव भट्टराई, क्याम्पस प्रमुख ई. दीपेन्द्र भट्ट, एनाआरएन ह्यान्सन गौचन, समाजसेवी क्षितिज भण्डारी, कृष्णप्रसाद सापकोटा, मोतिलाल भण्डारी, दिनेश शाही, स्थानीय ब्यवसायी मिलन ढकाल, पत्रकार कविता केसि, शिबलाल पौडेल, दिपक घिमिरे, सुजन सापकोटा रहेको १२ सदस्यीय समिती समेत गठन गरिएको सस्थाले जनाएको छ । यस्ता सेवामूलक बितरण कार्यक्रमलाई हाल काठमाडौ महानगरपालिका अन्तर्गत स्थानिय वार्ड तहको लिखित पत्र, निर्वाचित प्रतिनिधि, प्रहरी र दाता प्रतिनिधिको सयुक्त रोहबरमा सो सामाग्री सञ्चारमाद्य्यम बोलाएर निष्पक्ष र गैरराजनितिक तवरले सेवा भाव ले वितरण गररिदै आएको वार्ड प्रतिनिधि सुशिला ढकाल बताउछिन ।
विभिन्न राहत सरसामान बितरण कार्यक्रमको सबैखाले खर्च, स्वयंसेवक परिचालन र ढुवानी खर्च मा सस्थाले नै बेहोर्ने गरि इच्छुक अन्य दाता कार्यालयलाई अनुरोध गरिएको सचिब ज्ञानकुमार श्रेष्ठले बताउनु भयो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।