add

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघ्यो, ५३ हजार ४ सय बढीको अबस्था गंभीर






ActPro Nepal

|

१८ जेठ, २०७७

|
713

काठमाडौं । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघेको छ ।

६१ लाख ४९ हजार संक्रमित मध्ये लाख २७ लाख २९ हजार उपचार पछि निको भएका छन् ।

सक्रमित मध्ये ५३ हजार ४ सय बढीको अबस्था गंभीर छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५ नाघेको छ ।

संक्रमितको संख्या १८ लाख १६ हजार बढी छ । बेलायतमा २ लाख ७२ हजार संक्रमित मध्ये ३८ हजारको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३२ हजार संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८८ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ७ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८६ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा ४ लाख ९८ हजार बढी संक्रमित हुंदा करिब २८ हजार ८ सय बढीको मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ८३ हजार बढी संक्रमित र ८ हजार ६ सयको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय ९९ जना कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ छ ।

रसियामा ३ लाख ९६ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार ५ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार नाघ्दा ५ हजार १ सय बढीको मृत्यु भएको छ ।

पाकिस्तानमा हालसम्म ६६ हजार ४ सय बढी संक्रमितमा करिब १ हजार चार सयको मृत्यु भएको छ । (एजेन्सी)



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.