काठमाडौं । बढ्दाे कोरोना संक्रमणसँगै नेपालमा लकडाउन पनि बढ्दाे क्रममा रहेको छ । यस्ताे परिस्थितिमा भाडामा बसेर आफ्नो दीवन निर्वाह गर्न परिवारलाई थप समस्या सृजना हुँदै गएकाे छ । यस्ताे अवस्थामा खानपानको अभाव परेका परिवारलाई लक्षित गरी मिनर्भा फाउन्डेसनको तर्फबाट विभिन्न चरणमा राहत वितरण गरिँदै आइएकाे छ ।
यसै सिलसिलामा जेठ ५ गते तारकेश्वर ८ काठमाडौंमा डेरा गरि बस्ने गाेकुल दर्जी स्थायी घर नुवाकोट बेलकोट भइ हाल काठमाडौंमा गारमेन्ट झोला सिलाउने काम गर्ने व्यक्तिकाे घरमा लकडाउन बीच सुत्केरी भएकी २७ दिनकी श्रीमतीलाई र आफ्नो बालबच्चाकाे दिनचर्या सहज हुने अपेक्षा सहित राहत वितरण गरिएकाे छ ।
उक्त परिवारलाइ फाउन्डेसन मार्फत करिब २ महिना सम्म पुग्ने गरी खाद्यान्न लगायतका राहत सामाग्री वितरण गरिएकाे छ ।
राहत अन्तरगत चामल, दाल, खाने तेल, बच्चालाई लगाउने तेल, भुजिया, चिउरा, दाल्मोठ,मसला, चिनी, चियापती, बिस्कुट लगायत थिए।
सुत्केरी महिलाको पोषणयुक्त खानेकुराको लागि केही रकम पनि हस्तान्तरण गरिएको थियोे । सुत्केरीलाई के खुवाउने भनेर चिन्तित पर्दा उक्त राहतले ठूलाे सहयाेग पुगेकाेमा उक्त परिवार खुसी भएकाे छ ।
सोही दिन नै मिनेर्भा फाउन्डेसनले तारकेश्वर नगरपालिका वडा नं १० मा बस्ने स्थायी घर धादिङ ज्यामरुङ भइ बिगत ९ बर्ष देखि काठमाडौंमा सपरिवार बस्दै आएका र पार्टी प्यालेसमा कुक रहेका ५१ बर्षिय धन बहादुर भुजेल सहित ज्यालादारीमा काम गर्ने छोरा र २ छोरीकाे परिवारलाइ पनि करिब १ महिना सम्म पुग्ने गरी खाद्यान्न सामाग्री वितरण गरिएको छ । यस परिवारमा ६ जना बस्दै आएका छन् ।
मिनर्भा फाउन्डेसनका अध्यक्ष टाेपिन्द्र सापकाेटा संस्था मार्फत कमजाेर अवस्थाका व्यक्तिहरुलाइ सहयाेग गर्न पाएकाेमा गाैरवान्वित महसुस भएकाे बताउनुहुन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।