add

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी






ActPro Nepal

|

४ जेठ, २०७७

|
1057


काठमाडौं । मन्त्रिपरिषद बैठक आइतबार बस्दैछ । प्रधानमन्त्री निवासमा बालुवाटारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनका बारेमा निर्णय गर्नेछ ।

पछिल्लो पटक सरकारले थप गरेको लकडाउनको समय सोमवार रातिबाट सकिँदैछ। त्यसैले अब सरकारले लकडाउन थप कति गर्ला आम सर्वसाधरणको लागि चासोको विषय बनेको छ।

त्यस्तै उच्चस्तरीय समन्वय समितिको बैठक पनि आज दिउँसो साढे २ बजेको लागि बोलाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकले लकडाउन थप गर्ने विषयमा निर्णय गर्ने छ।

बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउन उपत्यकाभित्र छिर्ने नाकामा सेना परिचान, सरकारी कार्यालय १५ दिनको लागि बिदा दिने विषयमा पनि छलफल गर्नेछ।

समितिले छलफलपछि निर्णय गरेका विषयहरु आज बस्ने मन्त्रिपरिषदमा पठाउँछ। त्यसपछि लकडाउनको समय थप गर्ने तथा बिदाका निर्णयहरु हुनेछन्।

समितिले लक डाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ । समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको थियो ।

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको थियो ।

चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सुझाब दिएका छन्। विज्ञहरुका सुझावहरुमा पुनः छलफल गरी समितिले निर्णय गर्नेछ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो।

त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो। त्यसगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुर्‍याएको थियो। पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ सम्म त्यसपछि जेठ ५ गतेसम्मको लागि पुर्‍याएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.