काठमाडौँ । चिकित्सकहरुले नेपालमा सरकारी सेवामा डाक्टर र नर्सको संख्या उल्लेख्य वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन्।
कोरोना महामारीबारे छलफल गर्न शुक्रबार उच्चस्तरीय सन्वयन समितिले बोलाएको बैठकमा चिकित्सकहरुले स्वास्थ्यर्कीको संख्या कम हुँदा सेवा दिन नसकिएको उल्लेख गर्दै नेपालको जनसंख्याको अनुपातमा स्वास्थ्य जनशक्ति वृद्धि गर्न सुझाव दिएका हुन्।
उनीहरुले अहिले स्वास्थ्यकर्मी कम हुँदा भने जसरी सेवा दिन नसकेपनि भविष्यमा यस्तो अवस्था आउन नदिन सुझाव दिएका हुन्। चिकित्सकहरुले नेपालका लागि दश हजार डाक्टर ५० जना नर्स सरकारी सेवामा आवश्यक भएको बताए। अहिले सरकारी सेवामा जम्मा एक हजार तीन सय डाक्टर र केही हजार मात्र नर्स छन्।
समितिले कोरोना रोकथामका लागि अब सरकारीले गर्नुपर्ने काम र भावी रणनीतिबारे सुझाव मागेको थियो। छलफलमा एक दर्जनभन्दा बढी प्रतिष्ठित चिकित्सकहरु सहभागी थिए।
छलफलमा भगवान कोइराला, प्रदिप वैद्य, रेणुराज भण्डारी, अरुणा कार्की, खेम कार्की, लोना कार्की, मनकुमारी राई, सुशील बराल, महेश मास्के लगायतका चिकित्सकहरु सहभागी थिए।
उनीहरुले तुरुन्तै लकडाउन खोल्न नहुने सुझाव दिँदै, परिक्षणको दायरा बढाउनुपर्ने, कोरोना बाहेकका अरु रोगीको उपचारमा समस्या देखिएकाले यसलाई सहज बनाउनुपर्ने सुझाव दिएका छन्।
कोरोना महामारी कहिलेसम्म जान्छ भन्ने निश्चित नभएकाले अब अन्य रोगको उपचारलाई बेवास्ता गर्न नहुने चिकित्सकहरुले सरकारलाई सुझाव दिएका हुन्। कोभिडको रोकथाम तथा नियन्त्रणमा सक्रिय भएका जनशक्तिको मनोबल उच्च राख्न थप अतिरिक्त सुविधान दिन पनि उनीहरुले सरकारलाई आग्रह गरेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।