add

कोमामा जान लागेको अर्थतन्त्रलाई जोगाउन पर्याप्त राहत प्याकेज चाहिन्छ , नेपाल उद्योग बाणिज्य महासंघ






ActPro Nepal

|

१ जेठ, २०७७

|
1660

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले कोमामा जान लागेको अर्थतन्त्र बचाउन बजेट मार्फत पर्याप्त आर्थिक प्याकेज ल्याउन सुझाब दिएको छ।

प्रदेश सदस्यहरु मार्फत स्थानीय उद्यमी व्यवसायीहरुको समस्या सुनी संघीय सरकारलाई सुझाब दिने उदेश्यले आयोजना गरिएको भर्चुअल छलफलमा यस्तो सुझाब दिइएको हो। 

संघका प्रदेश सदस्यहरुले आगामी बजेट मार्फत पर्याप्त स्टिमुलस प्याकेज ल्याउन जोड दिंदै उद्योगी व्यवसायीका कुरालाई सुनिएन भने आउंदो दिनमा मुलुक आर्थिक रूपमा निकै ठूलो समस्यामा जाने चिन्ता व्यक्त गरेका छन्। 

छलफलमा महासंघका अध्यक्ष भवानी राणा, उपाध्यक्ष किशोर कुमार प्रधान, महासंघको प्रदेश च्याप्टरका अध्यक्षहरूः दिनेश श्रेष्ठ, नरेन्द्रकुमार खड्का, संजीव कोइराला, पदम बहादुर शाही, शंकर बोगटी, शिव शंकर साह, प्रदेश ५ का उपाध्यक्ष दिपक पौडेल सहभागी थिए । 

अहिलेको समयमा विश्वका अधिकांश राष्ट्रले उद्योग व्यवसाय सहित अर्थतन्त्रको संरक्षणका लागि महत्वपूर्ण राहत कार्यक्रम घोषणा गरी सकेको तर नेपाल सरकारले भने अहिलेसम्म पनि आकर्षक स्टिमुलस प्याकेज ल्याउन नसकेको भन्दै आगामी बजेट मार्फत त्यस्ता कार्यक्रम आउनेमा निजी क्षेत्र आशावादी देखिएका छन । 

छलफलमा उद्योग व्यवसाय बचाउने कार्यमा बैंक तथा उद्योगी व्यवसायी बीच सहकार्य हुनुपर्ने, विद्युत डिमाण्ड चार्ज छुटदिनुपर्ने, अतिसंवेदनशील क्षेत्रलाई बढी निगरानीमा राखेर सामान्य जिल्लामा आन्तरिक रूपमै भएपनि आर्थिक गतिविधिहरू चालु गर्नुपर्ने, लकडाउनको समयको बैंक व्याज मिन्हा गर्नुपर्ने, महासंघले सरकारमा पेश गरेको सुझाव कार्यान्वयनमा निरन्तर दवाव दिनुपर्ने, कृषि उत्पादन संकलन, सुरक्षित भण्डारण, आवश्यक मल वीउ विजनको पर्याप्त आपूर्ति गर्न दवाव दिनुपर्ने र निजी क्षेत्रलाई पनि मल आयात गर्ने सुविधा दिनुपर्ने, अहिलेसम्म संकलन भएको आयकर अन्य देशले जस्तै नेपाल सरकारले पनि कर तिरेका उद्योगी व्यवसायीलाई फिर्ता दिनुपर्ने सुझाव दिईएको छ। 

यसैगरि लकडाउनको अवधिमा बैंकहरूले सेवा शुल्क र नविकरण शुल्क लिने कार्यलाई बन्द गर्नुपर्ने, उद्यमी व्यवसायीमाथि सुरक्षा निकायबाट भएका अभद्र व्यवहार रोक्नुपर्ने, मुलुकलाई अप्ठेरो पर्दा सधै सहयोग गर्ने उद्यमी व्यवसायीलाई पनि यो कठिन समयमा सरकारले दिलखोलेर सहयोग गर्नुपर्ने, कृषि उत्पादन बढाउनेतर्फ राज्यको ध्यान जानुपर्ने, पर्यटन क्षेत्रमा ठूलै राहत प्याकेज ल्याउनु पर्ने, कर्णाली प्रदेशका अधिकांश जिल्लामा खाद्यान्न संकट हुने देखिन्छ यसतर्फ यो वर्षा अगाडीनै खाद्यान्न पु¥याउनेतर्फ राज्यको ध्यान जानुपर्ने, बैंक व्याजको टुंगो नभएसम्म अवस्था सामान्य भएपनि उद्योग व्यवसाय चलाउन नसकिने लगायतका सुझावहरू सो अवसरमा दिइएको थियो । 

लकडाउनको समयमा कामविहीन भएकाहरूलाई जिल्ला उद्योग वाणिज्य संघहरूको सहयोग र पहलमा निःशुल्क भोजनको प्रवन्ध गरिएको, खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरू वितरण गरिएको, आइसोलेशनमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई निःशुल्क वस्ने खाने प्रवन्ध गरिएको, स्थानीय निकायसंगको सहकार्यमा जोड दिइएको, समस्यामा परेकाहरूको उद्धारमा सहयोग जारी राखिएको,कठिन समयमा पनि जनताको सेवामा निजी क्षेत्र जुटिरहेको कुरा सो अवसरमा सहभागी प्रदेशका अध्यक्षहरूले जानकारी गराएको महासंघले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.