add

बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७९ हजार ७ जना






ActPro Nepal

|

२८ वैशाख, २०७७

|
970

काठमाडौं । विश्व महामारी कोराना भाइरस (कोभिड–१९) बाट विश्वका ४० लाख बढी मानिस संक्रमित भइसकेका छन्। 

आइतबार बिहानसम्मको तथ्यांकअनुसार ४० लाख २० हजार ८७८ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये १३ लाख ६९ हजार ५५३ जना निको भइसकेका छन्। त्यस्तै २ लाख ७९ हजार ७ जनाले ज्यान गुमाएका छन्।

सबभन्दा बढी अमेरिकामा ७८ हजार ७४६ को ज्यान गएको छ। त्यस्तै १३ लाख ९ हजार १६४ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये २ लाख १२ हजार ५३४ जना निको भएका छन्।

अमेरिकापछि बेलायतमा ३१ हजार ६६२ ले ज्यान गुमाएका छन् भने २ लाख १६ हजार ५२५ मा संक्रमण पुष्टि भएको छ। जसमध्ये १ हजार १ जना निको भएका छन्।

यसैगरी इटालीमा ३० हजार ३९५ को मृत्यु भएको छ। पछिल्लो समय संक्रमण दर घटेको इटालीमा हालसम्म ३ लाख १८ हजार २६८ जना संक्रमित भइसकेका छन्। तीमध्ये १ लाख ३ हजार ३१ निको भएका छन्।

पछिल्लो समय तीव्र रुपमा फैलिरहेको रुसमा १ हजार ८२७ को ज्यान गएको छ। त्यहाँ १ लाख ९८ हजार ६७६ संक्रमित हुँदा ३१ हजार ९१६ निको भएका छन्। त्यस्तै छिमेकी मुलुक भारतमा पनि संक्रमण तीव्र फैलिरहेको छ। 

भारतमा हालसम्म ६२ हजार ८०८ मा संक्रमण देखा परेको छ। जसमध्ये १९ हजार ३०१ निको भएका छन् भने २ हजार १०१ ले ज्यान गुमाएका छन्।

त्यस्तै, जर्मनीमा ७ हजार ५४९, ब्राजिलमा १० हजार ६२७, टर्कीमा ३ हजार ७३९ र इरानमा ६ हजार ५८९ जनाले ज्यान गुमाइसकेका छन् । 

नेपालमा भने पछिल्लो २४ घण्टामा १ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.