add

संसद भवनबाट स्वाब संकलन गरिएका ४४१ जनाकै रिपोर्ट नेगेटिभ






ActPro Nepal

|

२६ वैशाख, २०७७

|
646

काठमाडौं । संघीय संसदमा भवन परिसरमाबाट स्वाब संकलन गरि परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।

बिहिबार सांसद र त्यहाँका कर्मचारीहरुमध्ये ४४१ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । उनीहरुको रिपोर्ट शुक्रबार मध्यान्ह आएको हो ।

संघीय संसद भवन परिसरमा ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो। जसमा १७९ जना प्रतिनिधिसभाका सांसद थिए भने ३३ जना राष्ट्रिय सभाका सांसद थिए।

त्यस्तै संसद सचिवालयका कर्मचारी र मर्यादापालक २२९ जनाको स्वाब संकलन गरिएको थियो। कर्मचारी तथा मर्यादापालक गरी जम्मा ४४१ जनाकै रिपोर्ट नेगेटिभ आएको सचिवालय स्रोतले जनाएको छ ।

बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारी गरी ८३ जनाको स्वाब संकलन कार्य शुक्रबार विहान ८ बजे देखि १० बजे सम्म संसद भवनमै गरिएको थियो।

संसद सचिवालयले कोरोना परीक्षण गरेपछि मात्र सांसद र कर्मचारीलाई संसद भवनमा प्रवेश दिने तयारी गरिरहेको छ।

संघीय संसद भवनबाट अहिलेसम्म ६९२ जनाको स्वाब संकलन गरिएको छ। बिहीबार ४४१ जना र शुक्रबार २५१ जनाको स्वाब संकलन गरिएको हो।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.