add

विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६९ हजार नाघ्यो






ActPro Nepal

|

२६ वैशाख, २०७७

|
631


काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ६९ हजार २ सय ६७ पुगेको छ । बिहीबार एकै दिनमा थप ५ हजार ५ सय ८९ जनाले ज्यान गुमाएका छन् ।
जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १२ फैलिएको कोरोनाबाट अहिलेसम्म ३८ लाख ४२ हजार ७ सय ३१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९६ हजार २ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २९ हजार ५ सय ३१ जना संक्रमित थपिएका छन् भने २ हजार १ सय २९ जनाको मृत्यु भएको छ ।
अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ५६ हजार ७ सय ८१ पुगेको छ भने मृतकको संख्या ७५ हजार ६ सय ४९ पुगेको छ ।
यस्तै स्पेनमा बिहीबार मात्रै ३ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय १३ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ५६ हजार ८ सय ५५ पुगेको छ भने २६ हजार ७० जनाको मृत्यु भएको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय १ जना संक्रमित थपिएका छन् भने २ सय ७४ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख १५ हजार ८ सय ८५ पुगेको छ भने मृतकको संख्या २९ हजार ९ सय ५८ पुुगेको छ ।
यस्तै बेलायतमा बिहीबार मात्रै ५ हजार ६ सय १४ जना नयाँ संक्रमित थपिदा ५ सय ३९ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म २ लाख ७ हजार ९ सय ७७ संक्रमित हुँदा ३० हजार ६ सय ७९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा ६ सय जना नयाँ संक्रमित थपिदा १ सय ७८ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ७४ हजार ९ सय १८ जना संक्रमित भएका छन् भने २५ हजार ९ सय ९० जनाको मृत्यु भएको छ ।
जर्मनीमा बिहीबार १ हजार २ सय ६८ जनामा कोरोना पुष्टि भएको छ भने १ सय १७ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ६९ हजार ४ सय ३० पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ३ सय ९२ रहेको छ ।
रुसमा संक्रमितको संख्या १ लाख ७७ हजार १ सय ६० पुगेको छ भने १ हजार ६ सय २५ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा ११ हजार २ सय ३१ जना संक्रमित थपिदा ८८ जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ५६ हजार ३ सय ६४ पुगेको छ भने मृतकको संख्या १ हजार ८ सय ८९ पुगेको छ । बिहीबार मात्रै भारतमा ३ हजार ३ सय ६४ जना संक्रमित हुँदा १ सय ४ जनाको मृत्यु भएको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १०१ पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.