add

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपबारे निर्णय हुने






ActPro Nepal

|

२४ वैशाख, २०७७

|
780

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकधामका लागि लकडाउन लागु गरिएको लकडाउन सम्बन्धी छलफल गर्न मन्त्रिपरिषदको बैठक बुधबार बस्दैछ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सुझाव दिएपछि आज विहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक आह्वान गरिएको हो ।

उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरेको भए पनि कति दिन थप्ने भन्ने विषयमा भने बुधबारको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने छ ।

समितिले सातदेखि १० दिन लकडाउन थप गर्ने प्रस्ताव गरेको छ ।

नेपालमा गएको चैत ११ गतेदेखि लकडाउन जारी छ । चौथोपटक थप भएको लकडाउनको अवधि बिहीबार सकिने छ । सो भन्दा पहिले नै लकडाउन थप्नेबारे निर्णय मन्त्रीपरिषदले गर्न लागेको हो ।

भाइरस संक्रमित देशका विभिन्न स्थानमा देखिरहेका बेला र लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकारले स्पष्ट निर्णय गर्न सकिरहेको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.