add

बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५६ हजार ८ सय ९४ जना , संक्रमित ३६ लाख ५९ हजार भन्दा बढी






ActPro Nepal

|

२४ वैशाख, २०७७

|
689

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ३६ लाख ५९ हजार २ सय ७१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टा अर्थात मंगलबार मात्रै ८० हजार ६ सय ९८ जना संक्रमित थपिएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १२ फैलिएको कोरोनाबाट अहिलेसम्म २ लाख ५६ हजार ८ सय ९४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ७ सय ४२ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २४ हजार ४ सय ३४ जना संक्रमित थपिएका छन् भने २ हजार ३ सय २९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ३ हजार ६ सय ७३ पुगेको छ भने मृतकको संख्या ७१ हजार २२ पुगेको छ ।

यस्तै स्पेनमा मंगलबार मात्रै २ हजार २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ८५ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ५० हजार ५ सय ६१ पुगेको छ भने २५ हजार ६ सय १३ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा १ हजार ७५ जना संक्रमित थपिएका छन् भने २ सय ३६ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख १३ हजार १३ पुगेको छ भने मृतकको संख्या २९ हजार ३ सय १५ पुुगेको छ ।

यस्तै बेलायतमा मंगलबार मात्रै ४ हजार ४ सय ६ जना नयाँ संक्रमित थपिदा ६ सय ९३ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ९६ हजार २ सय ३९ जना संक्रमित हुँदा २९ हजार ५ सय १ जनाको मृत्यु भएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ८९ जना नयाँ संक्रमित थपिदा ३ सय ३० जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ७० हजार ६ सय ८७ जना संक्रमित भएका छन् भने २५ हजार ५ सय ३७ जनाको मृत्यु भएको छ ।

रुसमा संक्रमितको संख्या १ लाख ५५ हजार ३ सय ७० पुगेको छ भने १ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा १० हजार १ सय २ जना संक्रमित थपिदा ९५ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ भने मृतकको संख्या १ हजार ६ सय ९३ पुगेको छ । मंगलबार मात्रै भारतमा २ हजार ९ सय ६३ जना संक्रमित हुँदा १ सय २७ जनाको मृत्यु भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कोरोना निको भएर घर फर्किएका २ जनामा पुनः संक्रमण देखिएको छ भने ७ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.