add

किट अभावपछि थर्मल गनले तापक्रम जाँचेर घर फिर्ता






ActPro Nepal

|

२४ वैशाख, २०७७

|
563

प्युठान । लकडाउनका समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । 

जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो । जिल्लाभरबाट १३७ जनालाई पन्ध्र दिनको क्वारेन्टाइन बसाइ पूरा गरी घर फिर्ता गर्नुपर्ने थियो । किटको अभावका कारण केही स्थानीय तहले क्वारेन्टाइनमै राख्ने र केही स्थानीय तहले थर्मल गनका भरमा घर फिर्ता गरेका हुन् । जिल्लाभरबाट ११६ जना फिर्ता गरिएकामा चार जनाको मात्रै आरडिटी गरिएको र  ११२ जनालाई थर्मल गनले तापक्रम परीक्षण गरी घर फिर्ता गराइएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका विपद् व्यवस्थापन फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए । 

‘सामान्य लक्षणहरु पनि नदेखिएका कारण सामान्य परीक्षणबाटै घर पठाइएका छाँै’, श्रेष्ठले भने, ‘एक हप्तासम्म परिवार, समुदाय, स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानी रहन्छ ।’ उनका अनुसार होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने शर्तमा मञ्जूर भएपछि मात्रै क्वारेन्टाइनबाट पठाउने गरिएको छ । 

किटका अभावमा थर्मल गनले स्वास्थ्य जाँच गरी स्वर्गद्वारी नगरपालिकाले ७७, गौमुखी गाउँपालिकाले १८ र  सरुमारानी गाउँपालिकाले १७ जना घर पठाएका छन् । क्वारेन्टाइनमा पन्ध्र दिनको बसाइ पूरा गरेका २१ जना भने फर्किन पाएका छैनन् । 

प्युठान नगरपालिकामा रहेका पाँच, नौबिहनी गाउँपालिका दुई, माण्डवी गाउँपालिकाका १० र मल्लरानी गाउँपालिकामा चार जनालाई एक हप्ताभित्र किट आउने आशामा क्वारेन्टाइनमै राखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले जानकारी दिए ।

जिल्लामा रहेका क्वारेन्टाइनमा मंगलबारसम्म ९९५  छन् । तीमध्ये बुधबार ४५ र बिहीबार १५३ जनाको चौध दिन बसाइ पूरा गरी पन्ध्र दिन पूरा हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । – रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.