add

राष्ट्रपति भण्डारीसंग सामाजिक दुरी बगैर संसद बैठकमा कोरोना नसर्ने आधार माग






ActPro Nepal

|

२३ वैशाख, २०७७

|
1052

काठमाडौं । नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई आमनेपाली नागरिकको तर्फबाट पत्र लख्दै कोरोना परीक्षण नगरी अनि कुर्सीमा टाँसिएर जोखिमपुर्ण संसदको बजेट अधिवेशन गर्नुको सट्टामा टुडिखेल वा सिंहदरबारको मैदान झैं खुला स्थानमा बजेट अधिवेशन संचालन गर्न अनुरोध गरेका छन् । सरकारको अनुरोधमा यही बैशाख २६ गते राष्ट्रपतिले संसदको बजेट अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बोलाईसकेकी छन् ।

नेविसंघका पुर्व कावा अध्यक्ष समेत रहेका नेता भण्डारीले राष्ट्रपतिसहित सभामुख अग्नि सापकोटा, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायत प्रतिपक्षी दललाई बोधार्थ दिदै लिखित ज्ञापनपत्र मार्फत प्रश्न गरेका छ्न् कि लकडाउन उल्लंघन र कोरोना बारे नागरिक र सांसदहरु बीच फरकफरक मापदण्ड हो र ? नत्र कसरी थर्मल गनले तापक्रम नाप्दै, साबुनपानीले हात धोएर, टेबुलमा सेनेटाईजर राखेर र माईकमा स्प्रे जस्ता हास्याँस्पद काम गरेर संसदमा कुर्सी जोडी सामाजिक दुरी ६ फिट बेगर बैठक गरिदैछ ?

नेता भण्डारीले यदि त्यस्तो हो भने भारतीय सिमानाबाट अवैध संक्रमित घुसपैठलाई रोक्दै अब सबै जोनमा होटेल रेष्टुरेन्ट, शिक्षण संस्था, बैंक, बजार र गाडीहरू पनि सोही पद्धतिमा अझै ६ फिट दुरी अपनाएर खोल्न किन हुँदैन सरकार ? भनेर व्यंग्य समेत गरेका छन् । उनको भनाईमा बजेट अधिवेशनमा सांसद, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरेर हजार जनाको भीडभाडले ठुलै कोरोना जोखिम निम्तिन सक्ने वैज्ञानिक आधार रहेको दावी गरेका छन् ।

युवानेता भण्डारीले गरिबहरु सिमाना मै महिनौं दिन रोकिने ? हप्तौं राजमार्गमा हिडेर घर फर्कन नपाउने ? अस्पतालमा इमर्जेन्सी बाहेक अरु सेवा नपाउने तर हुनेखाने फुत्त फुत्त गाडीमा हुकिने हो भने यो त ठुलालाई चैन र सानालाई ऎन हुने बताउँछन । भण्डारीले नेपाली नागरिकको संविधानप्रद्धत्त समानताको हक समेत यो बलमिच्चाईले कुण्ठित हुने दावी गर्दै भोलि यही शैलीमा प्रदेश, नगर र गाउँले बजेट अधिवेशन गर्न थालेमा कोरोनालाई कसले रोक्छ भनेर प्रतिप्रश्न समेत गर्दै सच्चाउन माग गरेका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.