add

कर्णाली प्रदेश सात दिनका लागि सिल गर्ने निर्णय






ActPro Nepal

|

२२ वैशाख, २०७७

|
609

काठमाडौं । कर्णाली प्रदेश सरकारले सात दिनका लागि प्रदेश नै सिल गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले छिमेकी प्रदेशका रूपमा रहेका प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण देखिएपछि सात दिनका लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो।

परिषद्का अध्यक्ष एवम् मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सो निर्णयसँगै कर्णाली प्रदेश पूर्ण रूपमा सिल हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। यो निर्णयसँगै कर्णाली भित्रिने सबै नाकाहरु बन्द भएका हुन्।

नाका बन्द भएसँगै अब कर्णालीमा कोही पनि भित्रिन पाउन छैनन्। यस्तै निर्माण सामग्री र खाद्यान्न आयातमा पनि रोक लगाइएको छ।

बैठकले प्रदेशभर २५ ठाउँमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको छ। स्थानीय तहका केन्द्र, प्रमुख बजार लगायतका क्षेत्रममा स्वास्थ्यकर्मीको टोली खटाइने छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.