add

चितवनकी संक्रमित महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ






ActPro Nepal

|

२२ वैशाख, २०७७

|
840

चितवन । कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । उनीसँगै सङ्क्रमण देखिएका २७ वर्षीय युवक भने अस्पतालको क्वारेन्टाइन कक्षमा नै छन् ।

वैशाख ३ गते गरिएको र्या्पिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा दुवै जनामा कोरोना पोजेटिभ देखिएको थियो । 

त्यसपश्चात् वैशाख ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु चैत ३ गते बेलायतबाट हङकङ हुँदै चैत ५ गते चितवन आएका थिए । उपचाररत महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । – रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.