add

मानसिंह धर्म माविमा पिडितहरुलाई खाना खुवाउने कार्यक्रम सञ्चालन






ActPro Nepal

|

२१ वैशाख, २०७७

|
906

काठमाडौं । तारकेश्वर – १० मा दैनिक ज्यालादारीमा काम गर्ने पिडितहरुलाई खानाको व्यवस्था गरिएको छ । मानसिंह धर्म माविमा आजबाट सुरु भएको खाना वितरण कार्यक्रम लकडाउन अवधिभर र थप केही दिन हुने वडा अध्यक्ष अमृत थापाले बताएका छन् । थापाका अनुसार आज बिहान करिव २३० जनाले खाना खाएका छन् ।


खाना वितरण कार्यक्रममा तारकेश्वर १० का जनप्रतिनिधिहरु, नेकपाका वडा कमिटि र स्थानीय टोल सुधार समितिका पदाधिकारीहरु स्वयमसेवकको रुपमा खटिएर काम गरिरहेका छन् । खाना खानका लागि सामाजिक दुरी कायम गर्दै लाइनमा बस्नुपर्नेछ । खानाका लागि एक दिन अगाडी नै नाम टिपाउनुपर्नेछ । अहिले खाना उपलब्ध गराउन विश्व हिन्दू महासंघले सहयोग गरेको कुरा वडा अध्यक्ष अमृत थापाले बताएका छन् ।

बिहान १० देखि ११ बजेसम्म र साँझ ६ बजेबाट खाना खाने कार्यक्रम हुनेछ । खाना वितरण कार्यक्रममा महानगरीय प्रहरी गुम्वाले लाइन बसाउन सहयोग गरेका थिए । खाना खाने लाइनमा धेरै जसो बालबालिकाहरु आएका थिए । वडा कार्यालयले यसरी खानाको व्यवस्था गरेको हुँदा स्थानीय पिडितहरु खुशी देखिन्थे । खाना खाने लाइनमा बसेका एक महिला भन्छिन् – घरमा केही नहुँदा खान पाउँदा खुसी लागेको बताइन ।

नेकपाका वडा १० का अध्यक्ष विनोद पौडेलका अनुसार वडा कार्यालयको पहलमा आजदेखि पिडितहरुलाई खुल्ला मेष सञ्चालन गरेर खाना खुवाउने कार्यक्रम गरेको बताएका छन् ।

तारकेश्वर वडा नं. १० ले नगरपालिकाको सहयोगमा राहत वितरण गरेको थियो । दोस्रोपटक टोल–टोलबाट राहत वितरण गर्दा घरभित्र खाना हुनेपनि राहत लिन आएको महसुस भएकोले, खाना नपाएकाहरुको लागि खानाको व्यवस्था गरिएको शिव नगर टोल विकास समितिका अध्यक्ष ऋषी लोहनीले बताएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.