add

विश्वभर कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो






ActPro Nepal

|

२१ वैशाख, २०७७

|
851

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३४ लाख नाघेको छ ।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ३४ लाख ८० हजार २ सय ३४ पुगेको छ। विश्वभर कोरोनाको संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ६ सय पुगेको छ।

वल्डोमिटरले प्रकाशित गरेको विगत २४ घण्टामा संसारभर ८२ हजार १ सय ४० जना नयाँ संक्रमित भेटिएका छन्। स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित रहेका छन्।

त्यहाँ २५ हजार एक सयको ज्यान गएको छ। इटालीमा २ लाख ९ हजार ३ सय २८ जनामा संक्रमण भेटिएको छ भने २८ हजार ७ सय १०को ज्यान गएको छ। अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६७ हजार ४ सय पुगेको छ। गत २४ घण्टामा अमेरिकामा १६ सय ४७ जनाको ज्यान गएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.