add

ओखलढुंगाका ६ मजदूर जुम्लामा अलपत्र






ActPro Nepal

|

२१ वैशाख, २०७७

|
834

ओखलढुंगा । यहाँका ६ युवक जुम्लामा अलपत्र परेका छन् ।

खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् । काठ चिरानको कामका लागि गत फागुन २७ गते जुम्ला पुगेका उनीहरु लकडाउनका कारण गाउँ फर्कन नसकेका हुन् ।

कोरोना डरले काम गर्ने अवस्था नभएको र लकडाउनका कारण घर फर्कन पनि नसकेको अलपत्र युवक सुकवीर तामाङले बताए । लामो समयको लकडाउनले आफूहरुलाई खान बस्नसमेत समस्या भएको उनको भनाइ छ ।

'हामी छ जना यहाँ जुम्लामा रोेकिएर बसेका छौँ, खान–बस्न समस्या भइरहेको छ, गाउँ फर्कन चाहन्छौँ तर सम्भव भएन', उनलेे भने, 'स्थानीय सरकारले अलपत्र परेका नागरिकलाई उद्धार गरेको सुनियो, हामीलाई पनि सहयोग गरिदिएहुन्थ्यो ।'

अझै लामो समय लकडाउन भए थप समस्या हुने भएकाले उद्धारका लागि उनीहरुले अपिल गरेका छन् ।

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले टाढाका अलपत्र नागरिकलाई गाउँ फर्काउन सक्ने अवस्था नरहेको बताए ।

राजधानी काठमाडौैंबाट गाउँ फर्कन चाहनेलाई स्थानीय सरकारले सवारी व्यवस्था गरेर ल्याएको भए पनि जुम्लामा अलपत्र परेकालाई गाउँ ल्याउन अहिले सम्भव नहुने उनको भनाइ छ ।

खिजीदेम्बाले करिब ७ सय  नागरिकलाई राजधानीबाट उद्धार गरेर गाउँ फर्काएको छ ।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.