add

दाङका १० नाकामा सुरक्षाचौकी खडा






ActPro Nepal

|

२० वैशाख, २०७७

|
738

तुलसीपुर । दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको  प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन ।

‘अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै सुरक्षा पोष्ट पुगेको छ’, उनले भने । मुलुकमा कोरोना  सङ्क्रमण बढेसँगै नाकाको सुरक्षालाई कडा बनाउन चौकी थप गरिएको हो । यसअघि दुई नाकामा मात्रै चौकी खडा भएको थियो ।

हालै मात्रै आठ नाकामा सुरक्षा हुने गरी चौकी खडा गरिएको प्रजिअ रिजालले बताए । दाङ नाकाको ठूलो क्षेत्र ओगट्ने कोइलाबास र सुनपथरीमा पहिलेदेखि नै चौकी थिए ।  

‘यसअघि नाकामा पोष्ट नहुँदा सुरक्षा चुनौती थियो’,उनले भने । अब पोष्ट पुगेसँंगै नाकाको सुरक्षा प्रभावकारी हुने  अपेक्षा गरिएको छ ।   अहिले दाङका ३१ नाका पूर्ण रुपमा बन्द भएको छ । जिल्लाका ८३ किलोमिटर क्षेत्रमा ती नाका छन् ।- रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.