add

जब बुवाले भन्नू भो रजस्वला सामान्य प्रक्रिया हो : बिनिता रत्न






ActPro Nepal

|

१४ वैशाख, २०७७

|
2577

काठमाडौं । सुन्दा र हेर्दा फूल जस्तो लागेपनि स्त्री अर्थात छोरीमान्छेहरुको जीवन कठिन र चुनौतिपूर्ण हुन्छ । 

स्त्री जीवनमा आउने एउटा अध्याय हो रजस्वला । फरक अनुभवको नियमित शृङ्खला । पहिलो रजस्वलाको अनुभव र अनुभुति रहस्यमय कौतुहलमय र जटिल हुने गर्छ । सुन्दा लाजस्पद पनि लाग्ला। तर यथार्थलाई कहाँ छेक्न सकिन्छ र ? 

रजस्वलालाई महिलाको अपवित्र अवस्थाको रूपमा लिने चलन धेरै जातिमा छ । 

रजस्वलालाई लिएर विश्वभरि पाँच हजारभन्दा बढी नानाभाँतीका अपशब्द प्रयोग गर्ने गरिएका छन् भने अर्कातिर विश्वका केही भागमा रजस्वलालाई रोगका रूपमा लिइन्छ ।

रजस्वला भएका बेला पँधेरामा पानी लिन जान नहुने, मन्दिरमा जान नहुने, पूजाआजामा सहभागी नगराइने, भान्छा एवं भण्डारकोठामा पस्न नहुने परम्परा हाम्रै घरछिमेकमा अझै पनि कायम छ । 

देखिएका सबै कुराहरु सरल मात्र हुदैनन ।भोगाइहरु सवै जटिल मात्र पनि हुदैनन । 

त्यो समय जुन समयमा मलाइ खानु अनि साथीहरूसग दिनभर खेल्नु बाहेक केहीको चिन्ता थिएन।म जब बालापनबाट केही पर पुगे । अलिअलि चन्चल अलिअलि लजालु अलिअलि जिज्ञाशु हुँदै गएको थिए । शरीरमा अर्कै खालको उर्जा आएको महसुस हुँदै थियोे । यहि क्रममा शुरु हुने कुरा रहेछ पहिलो रजस्वला । मेरो शरीरमा प्रजनन प्रणाली परिपक्क भएछ । जब पहिलो रजस्वला भए । अनि थाहा पाए यो परिपक्वताको यात्रा हो भनेर बिज्ञानको मान्यता पनि त्यही रहेछ ।

त्यो समय ममा यो पक्रियाबारे अलिकती पनि ज्ञान थिएन । म धेरै आत्तिए । डराए पिर चिन्ता बढयो । के गर्ने भन्ने चेतना नभए पछि के गर्नु । मेरो संबेदनसिल अङ्गबाट लगातार रक्तस्राव भैरहदा लगाएका लुगा भिज्यो । केही दागहरु देखापर्न थाले । मैले ठूलो साहस जुटाए । मन दरो बनाए । मैले यो कुरा आमालाइ भन्ने निदो गरे ।

आमालाइ डराउदै मौनता अनि आखाभरी टिल्पिल आँशुका साथ भने -आमा आज मलाइ के भयो के भयो । तल्लो पेट दुख्यो रगत पनि बग्न थाल्यो । गाह्रो भइरहेको छ । डर लागिरहेको छ । बिस्तारमा सबै कुरा सुनाएपछी आमाले हस्याङ्फुसुङ गर्दै आफ्नो धोतिको एकपाटा च्याती मलाइ लगाउनु दिनुभयो।अनि सम्झाउन लाग्नु भयो -छोरी तिमी आजबाट पर सरेकिछौ । यस्तो कुरा छोरीमान्छे सबैलाइ हुने कुरा हो । डराउहुन्न आत्तिनुहुन्न ।

उहाँले तातोपानीमा नुन घोल्दै दिनुभयो । त्यो पानी पिइनसक्दा आमाले झोलामा मेरा लत्ताकपडा हालेर फ़ेरि भन्नुभयो जाउ नानी आन्टिकोमा घरको कोठामा बस । तिमी यहाँ बस्न हुन्न । माइतिको अनुहार नि हेर्नू हुन्न । ७ दिनसम्म बार्नुपर्छ ।

मलाइ हिड्न गारो भएकोले म नजाने भनेर जिद्दी गरिरहे । घमण्ड पनि गरे जान्न भनेर । अनि कहि कतै नगइ एउटा कोठामा राख्ने निधो भयो । साझ पर्दै थियो बुवा घरमा आउनुभयो । म कान्छी छोरीलाइ खोज्न खाल्नुभयो ।आमाले मधुर स्वरमा बेलिबिस्तार लगाउनु भयो। छोरी पर सरी भन्नुभयो ।

मलाइ कता कता लाज पैदा भएको थियोे । यतिकैमा बुवाले भन्नुभयो यो एउटा छोरिमान्छेमा नियमित हुने नियम हो । यस्लाइ किन कुरितिको नियममा बाध्ने ? अब छोरी ठुली भइन । त्यो त छोरी परिपक्व हुँदै गरेको अबस्था हो ।

म धन्य छु मलाई बुवाले जीवनमा अत्यावश्यक शिक्षा दिनुभयो रुढीबादी परम्परासग जुध्न सघाउनु भयो ।ती दिनहरु बितेर गए । म मैनावारी हुँदै गए ।

जटिलतालाई जीवनको अध्याय बनाउदै गए ।मलाइ आज खुशी लाग्छ ।आज म समाज बुझ्दैछु ।सस्कार बुझ्दैछु । रजस्वलालाई निकै ठुलो धार्मिक विभेद कसरी बनाइदो रहेछ महसुस गर्दैछु । रजस्वला हुन कति आवस्यक छ नारीको जीवनमा । त्यो एउटा नारीले जति अरुले बुझन सक्दैन । धन्यवाद मेरो परिवारलाइ पहिलो रजस्वलालाई बिशेश ध्यान दिई मलाइ सक्षम अनि सबल हुन सिकाइदिनु भएकोमा ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.