add

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुग्यो , संक्रमितको संख्या ४२ पुग्यो






ActPro Nepal

|

९ वैशाख, २०७७

|
894

काठमाडौ । मंगलबार एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमितमध्ये ८ जना कोशी अस्पताल विराटनगरमा र ३ जना राष्टिय जनस्वस्थ्य प्रयोगशालाबाट पत्ता लागेका हुन्।

भेटिएका नयाँ संक्रमितमा ९ जना पुरुष र २ जना महिला छन्। जसमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो। मंगलबारै ३६ वर्षीया महिला र अर्की एक उमेर नखुलेकी महिलामा पनि कोरोना भेटिएको हो।

एकैदिन ११ जना कोरोना संक्रमित देखिएपछि प्रदेश-१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ।

यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो। योसँगै उदयुरमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ।

पहिलो पटक उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको भोलिपल्ट थप एकजनामा संक्रमण देखिएको थियो भने आजमात्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.