add

बेलायतमा कोरोना जितेका एक नेपालीको तीन हप्ताको अनुभव






ActPro Nepal

|

७ वैशाख, २०७७

|
2235

काठमाडौं । कोरोना भाइरस विश्वका २१० भन्दा बढी देशहरू फैलिएको छ । विश्वको आधा जनसंख्या लकडाउनमा छ । यो भाइरसमाथि नियन्त्रण र रोकथामका लागि अनेक उपायहरु अपनाइँदै छन् ।

कोरोना भाइरस संक्रमण हुँदैमा मानिसको मृत्यु भइहाल्ने होइन । कोरोना भाइरस संक्रमित धेरै विरामी निको भएर घर फर्किएका छन् । यो क्रम जारी छ ।

कोरोना संक्रमितमध्ये अधिकांश मानिसहरु यो भाइरसलाई परास्त गरेर उपचार पश्चात् फर्केनेको संख्या पनि केहि दिन यता बढदो छ ।

वेलायतमा नेपाली समुदायका एक परिवारले पनि कोरोना भाइरसलाई परास्त गरी उपचार पछि डिस्चार्ज भएका छन । 

परिवारका एक सदस्यलाई मार्च २९ मा सामान्य ज्वरो आएसँगै कोरोना संक्रमणको आशंका भए पश्चात् उनले त्यहा रहेको नन् इमर्जेन्सी सेवा (१११) मा कल गरेर सल्लाह लिए । आफुमा देखिएको लक्षणहरु कोरोना सग मिल्दोजुल्दो भएकोले एक हप्तासम्म सेल्फ आईसोलेसनमा बस्न सुझाएको थियो ।


बिगत ३ हप्ता को अनुभव 

आजको ४ हप्ता अघि को शुक्रबार देखि मेरो र संजिताको ९ दिनको छुट्टी थियो, कोरोनाको कारणले सोमबार देखि लकडाउन गर्ने भनेको ले "मौकामा चौका" हान्दै एक जना भाईको मा म लगायत ५ जना बसेर दिउसो २ बजे देखि ७ बजे सम्म तास खेलियो, बिबिसी मा न्युज हेर्दै/ पछि २ जना साथीहरुलाई मैले नै तिनिहरुको घरमा लगेर छोडिदिए / तेहि छोडेको साथी लाई मंगलबार देखि उच्च ज्वरो र खोकि लागेको ले तेस्को करिब एक हप्ता पछि(बुधबार) तिन्लाई सास फेर्न गार्हो भएकोले एम्बुलेन्स बाट अस्पताल लगियो / त्यो कुराको जानकारी मलाई उनि अस्पताल गए पछि मात्रै थाहा भयो / मलाई भने शनिबार (मार्च २९) दिउसो बाट हल्का ज्वरो आउन र जिउ दुख्न थालेको ले ६/६ घण्टाको फरकमा नियमित २ चक्कि सिटामोल खाए, आईतबार बिहान ज्वरो घटेन, भोलि पल्ट सोमबार देखि काम मा जानु पर्ने स्थिति थियो, तर यहाको नन् इमर्जेन्सी सेवा (१११) मा कल गरेर सल्लाह लिए, आफुमा देखिएको लक्षण हरु कोरोना सग मिल्दोजुल्दो भएको ले एक हप्ता सम्म सेल्फ आईसोलेसनमा बस्न सुझाईयो/

आईबार दिनभरि ज्वरो घटेन, बेडरुम र ट्वाइलेट मा मात्रै सिमित भए,

सोमबार बिहान ज्वरो केहि कम त भयो तर जिउ हल्का दुखिरहेको थियो, दिउसो बेस्सरी तातोपानि मा नुहाएर बसे, तेसपछि ज्वरो घट्यो, बेसार, अदुवा जिरा मरिच आदि इत्यादि तातोपानी उमालेर भस्मैसग पिए,, (सबैकाम संजिता ले गरिदिईन)

मंगलबार अस्पताल मा कोरोना टेस्ट गर्न ३ बजे आफैले गाडि चलाएर गए, केहि बेर को प्रतिक्षा मा १ मिनेट पनि नलगाई swab लिए, "२/३ दिन पछि रिपोर्ट आउछ, हामि नै जानकारी गराउने छौ" भन्ने अस्पतालको जानकारी सहित घर फर्के र सेल्फ आईसोलेसनमा बसि रहे,

दिनहु साथीहरु सग गफ्फिन्थे, मनमा एक किसिमको त्रास चै सगै तास खेलेको साथि लाई अस्पताल लगिएको भन्ने थाहा पाएपछि झन् बढ्न थाल्यो, तर मलाई खासै चापेको थिएन, मनमनै सोच्थे," यदि कोरोना नै लागेको हो भने पनि यत्ति सजिलै त मर्दिन होला" भन्ने आत्मबल थियो,

शुक्रवार तिर आउला भनेको रिजल्ट त बिहिबार बिहानको ११ नबज्दै आयो (मोबाइलमा).

Mr karki, sadly you have been tested coronavirus positive. If you have any further symptoms then call 999, if not you should be fine within next few days"

४/५ दिनदेखिको मेरो आत्मबल त गर्ल्यामगुर्लुम ढल्यो, मनमा एक प्रकारको डर लाग्यो, मेरो जिउमा त कोरोना भाईरस भएको प्रमाणित भयो, मनमा धेरै कुरा खेले, त्यो यहा उल्लेख नगरौ !

सोचे, अब २/३ दिन जति ज्वरो नआए र थप गार्हो नभए यो पटक को कोरोना चै पचाईयो भन्ने सोच्थे, करिब ९ दिन जति मैले एकै घरमा बसेर पनि दुई छोरा समयोग र संबिदलाई देख्न पाईन, संजिता लाई भने खाना कोठा नजिकै ल्याईदिदा यदाकदा देख्थे,,

मलाई कोरोना पोजेटिभ देखिए पछि शुक्रबार दिउसो समजिता २ छोराहरु सहित अस्पताल कोरोना टेस्ट गर्न गईन्,

म भने आईतबार सोमबार सम्म् केहि नहोस् भगवान भन्दै बसिरहे, सदा झै साथीहरु सग नर्मल गफ गरिरहे,

सोमबार सम्म् म मा थप कुनै लक्षण नदेखिएकोले बिहानै नुहाएर एक चक्कर टाउन सेन्टर तिर गए,, हल्का थकान चै लागिरह्यो,

सोमबार देखि नै संजिता लाई ज्वरो र खोकि लाग्न थाल्यो, सोचे म बाट कोरोना उनीमा नि सर्यो,,अब म ठिक भए, संजिता चै ओछ्यान मा परिन्, यसै बिच अस्पताल लगिएका सगै तास खेलेको साथि को स्वास्थ्य स्थिति एकदमै सुधार भयो, उनि सग पनि कुरा गरे, " मलाई त कोरोना टेस्टै गरेन, बरु निमोनिया चै कन्फर्म गर्यो" भने /

मैले भने "तपाईँलाई १०००%कोरोना भए र नै निमोनिया भएको ले कोरोना टेस्ट गरिरहनै परेन!"

मंगलबार साझ तिर संजिता र बाबुहरु पनि कोरोना पोजेटिभ भन्ने जानकारी आएपछि छोराहरुको बढ पिर लाग्न थाल्यो, खासै लक्षण त देखा परेन तर पनि मन न हो!!!

सके सम्म खाना पनि छुट्टै राखेर खुवाए, उनिहरप दिन भरि कोठामा या बाहिर को सानो गार्डेनमा उफ्रन्थे,, राति चै भिन्दाभिन्दै कोठामा सुत्थे,, हामी ४ जना ४ वाट छुट्टै कोठामा बस्थ्यौ!

संजितालाई करिब ३ दिन जति बेस्ससरी ज्वरो आयो, खोकि पनि बाक्लै लागिरह्यो,

लसुन लाई बिचमा काटेर पैतालामा राखि मोजा लगाएर सुते ज्वरो घट्छ भन्ने कुरा "जान्ने हरु" बाट भएबमोजिम गरियो, शुक्रवार देखि उन लाई "धेरै ठिक" भएको छ,/

म लगभग ९९% ठिक भैसकेकोले यसै हप्ता देखि (गत मंगलबार) काम मा जान थाले, हल्का खोकि बाहेक अन्य कुनै लक्षण छैनन्, काममा मास्क कै प्रयोग गरिन्छ,,

आज पनि काम सकेर अघि नै आएको /

बेलायतमा धेरै नेपाली हरु संक्रमित छन्, कति ले कोराना लाई जिते, कति लाई कोरोना ले जित्यो, मलाई र हाम्रो परिवार लाई कोरोना ले खासै ठुलो दुख दिएन, यो पटकको कोरोना बाट बचियो,

यस्तो प्राणघातक भाईरस कोहि कसैलाई नलागोस्,

सबै को जय होस्


गोरख कार्की 


हाल बेलायत


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.