add

एउटा कोशा केरा दिएर सेल्फी खिच्ने केको समाजसेवी ?






ActPro Nepal

|

७ वैशाख, २०७७

|
1094

काठमाडौं । कोरोना भाइरस विश्वका २१० भन्दा बढी देशहरू फैलिएको छ । 

विश्वको आधा जनसंख्या लकडाउनमा छ । यो भाइरसमाथि नियन्त्रण र रोकथामका लागि अनेक उपायहरु अपनाइँदै छन् ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन घोषण गरेसङै देशमा रहेका निम्न आयस्थर भएका ज्याला मजदुरी गरेर साँझ विहानको छाक जुटाउने मानिसहरुको वस्तीमा दयानिय अबस्था छ भने तेस्ता वस्तीमा राहत बितरण गर्नेहरुको पनि बाक्लो उपस्थिती पनि देखिन्छ ।

‘राहत’ शब्दलाई अरुको दुःखमा साथ दिने, कठिन परिस्थितिमा बलियो बनाउने या आत्मबल बढाउने रूपमा व्याख्या गर्न सकिन्छ ।

प्रसिद्ध बौद्ध धर्म गुरु तथा बौद्ध धर्मका जानकार सुर्य कुमार घिसिङ (सुर्य बज्रयाना)ले नक्कली राहत बितरण प्रणालीले समाजमा नकारात्मक भाव पैदा भएकोमा खेद प्रकट गरेका छन ।

उनी भन्छन :- दर्दनाक जीवन बिताउन बाध्य भएका व्यक्तिलाई राहत दिँदा तपाईं–हामीले फोटो खिचेर सामाजिक सञ्जालमा राखेपछि ती व्यक्तिमा कस्तो असर पुग्छ या पुग्यो भन्ने बारेमा हामी अलिकति पनि संवेदनशील भएनौँ ।

उनले हामीसँग भने एउटा कोसा केरा दिएर सेल्फी खिच्ने समाजसेवीसङ हामी सचेत रहन जरुरी छ । उनिसग भएको टेलीफोन सम्बादाको सम्पादित अम्स :

काठमाडौं एउटा ब्यस्त चोक छ शोभा भगवतीको ढल्को चोक । ढल्कोमा रहेको गुडविल हेल्थ केयर सेन्टर अहिले निशुल्क स्वस्थ्य सेवा दिइरहेको छ । जुन दृश्य हेर्न लायक छ । निजि अस्पतालले पैसा नहुदा बिरामी फर्काएको र सरकारी अस्पतालमा बिरामीहरुको बिजोग भएको समाचार हेरेर हाम्रो आँखा टटाइसकेका छ्न । तर यो हेल्थ सेन्टरले अत्यावश्यक स्वास्थ सेवा दिएर उदारणिय काम गरिरहेको छ । जुन हेर्दा हाम्रो आँखालाई राम्रो र मनलाई शान्ति मिल्छ । सामाजिक संजालमा अहिले दुइखालको दृश्य देखिन्छ । एउटा दुइकिलो चामल दान गरिरहेका हुलहरु अर्को साच्चै समाजसेवा गरिरहेका उदार मनहरु ।

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राहत बोकेर पीडितका घर घरमा पुगेका छन । पत्रकार भाग्य न्यौपानेको दौडधुप उस्तै छ । हजारौं पत्रकार स्वास्थकर्मी तथा प्रहरी साथीहरू सडकमा जनताको सेवामा हाजिर छ्न । उनीहरूलाई न सेल्फी खिच्न फुर्सद छ न नचाहिदा हल्ला गर्न । काभ्रेको सागामा चप्पल बाडने दिदी हुन वा खाना खुवाउने दाइ उनीहरूलाई चर्चामा आउन कुनै रहर छैन । बस समाजसेवा गर्नमा पाएकोमा मन हरहर छ ।उनीहरुलाई मन्दिर गएको भन्दा यसमा खुशी मिलेको छ ।धर्म गर्न मन्दिर मस्जिद वा गुम्बा होइन गरिब सेवामा हाजिर भए हुन्छ भन्ने सन्देश जागृत भएको छ ।

कता गए अर्बौंको सम्पत्ति भएका हाम्रा लामाहरु ? मन्दिर पुगेर धर्म गर्ने भुडे समाजसेवीहरु ? चर्चित ब्यक्तिहरु ? पैसाकै सिरान हालेर निदाउने हाम्रो देशका धनीहरु ? चुनाव आउँदा रागो काटेर भोज लगाउने आदरणीय नेताहरू ? कता गए ठुला ठुला ब्यापारी तथा भद्रजनहरु .?

ती भन्दा महान चितवनका दम्पती हुन । जो आफ्नु गाँस काटेर बटुवाहरुलाइ भोजन गराइरहेका छ्न ।ती भन्दा जनसेवा पशुपतिका बाजे हुन ।जो भोकाहरुलाइ भोजन गराउदैछ्न ।

आफ्नु ठाउँबाट निस्वार्थ सेवा गर्नेहरूलाई मेरो हार्दिक नमस्कार छ । टासीदेले छ । फ्याफुल्ला छ । सलाम छ ।

आउनुस हामी पनि सकेको गरौ ।






एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.