add

आयो चलचित्र छापामार






ActPro Nepal

|

७ वैशाख, २०७७

|
1039

काठमाडौं । नेपाली प्रगतिशील सिनेमा क्षेत्रमा छापामार चलचित्रलाई विशेष मानिन्छ । अहिले चर्चित कलाकार घनश्याम तिमल्सिना एन्टिनाले आफ्नु युवाबयमा यो चलचित्र निर्देशन गरेका हुन । त्यतिबेला जुझारु सास्कृतिक टिम रक्तिमका अध्यक्ष महेन्द्र मैनालीले चलचित्र लेखेका हुन । यहि कारण त्यतिबेला चलचित्र क्षेत्रमा यो चलचित्रले तहल्का पिटेको थियोे ।

माओवादी जनयुद्ध र त्यसपछि छापामारको जीवनमा आउने आरोह अबरोहका कथा नै छापामार चलचित्र हो । छापामार चलचित्रले माओवादी जनयुद्ध वरिपरिकै कथा बोलेको छ ।

यसको निर्माण केशव अधिकारी र छायांकन धिरज अधिकारीले गरेका हुन ।जसमा कलाकारहरु- सान्तदेब पन्त,महेन्द्र मैनाली,बिष्णुभक्त श्रेष्ठ ,पुन्य ओझा,सम्झना श्रेष्ठ ,घनश्याम तिमल्सिना ,दिलिप कुमार श्रेष्ठ ,लगायत दर्जनौं छापामारहरुको अभिनय रहेको छ ।

घनश्याम तिमल्सिनाको कलाकारिता जीवनकै यो महत्त्वपूर्ण चलचित्र हो। उनी भन्छन् एउटा समयको शक्तिशाली स्वरलाई मैले चलचित्रमा उतारेको हु । मित्र महेन्द्रको जोडदार लेखन र कलाकार टिमको बेजोड मेहनतलाइ बिर्सन सकिदैन । चलचित्र हिजो समाजमा जति महत्त्वपूर्ण थियोे ।आज पनि उतिकै महत्त्वपूर्ण छ । किनकी सपनाहरू फ़ेरि अलपत्र परे । परिवर्तनको एउटा ठुलो हिस्सेदार बनेको शक्ति आज बेहाल छ ।नेताले धोका दिएका छ्न । छापामारहरु फ़ेरि पनि पुरानै जीवनमा आएका छ्न ।अब झन छापामार २को निर्माण गर्नुपर्छ जस्तो भैसकेको छ ।

चलचित्र छापामार अहिले युबटुबमा हेर्न सकिन्छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.