add

सरकारी निर्देशन बिपरीत युवानेता भण्डारी र ज्ञानेन्द्र शाहीले बाढे लाखौं राहत






ActPro Nepal

|

७ वैशाख, २०७७

|
648

काठमाडौं । सरकारी निर्देशन बिपरित नेपाली कांग्रेसका युवानेता भण्डारी काठमाडौ  र नेपालीका लागि नेपाली अभियानका सयोजन ज्ञानेन्द्र शाहीले बाढे ललितपुर लाखौं को राहत बाडेका छन् ।

नेपाल सरकारले लक डाउन अवधिमा सरकारको एकद्वारे नीति अपनाउदै , आफुखुशी राहत बाडने रोक लगाउदै यस्तो गर्नेलाई कार्वाही हुने बताएपनि भण्डारी र शाही गाडी लिएर समर्थकहरु सहित प्रहरी संग भिडदै मजदुर र बिपन्न लाई राहत बाडन हिडेका थिए । 

यो सन्दर्भ ज्ञानेन्द्र शाही भन्छ्न हामीले सिडिओ, एसपी सबैलाई गुहारेयो वार्ड कार्यालय समेत बन्द भएकोले सुनकोठी देखि महाराजगन्ज सम्म विभिन्न सहयोगदाताले दिएको खाद्यान्न नाम टिपाएकालाई जबर्जस्ति बितरण गरियो । जनता भोकभोकै हुँदा पनि कसैले नहेरेपछी यो कदम उठाउन आफुहरु बाद्य्य भएको शाहीको दाबी छ ।


कांग्रेस युवानेता भण्डारी भन्छ्न कोरोना महामारी नियन्त्रण विश्वकै चुनौति बनेको परिपेक्ष्यमा सरकारले मात्र सबैथोग गर्न सक्दैन त्यसैले चन्दा नउठाईकन आफ्नो श्रोतसाधनले सहयोग गर्नेलाई अपराधी होईन समाजसेवि भनिन्छ ह। वहाँले सातै प्रदेशवासी स्वास्थ्यकर्मी, कर्मचारी, चालक, सुरक्षाकर्मी र  सचारकर्मीहरुलाई १करोड को बिमा र सम्मान कार्यक्रम चलाउन समेत आग्रह समेत गरेका छन् ।  काठमाडौ मेडिकल कलेजका संचालक समेत रहेका भण्डारी भन्छन् कोहि नेपाली भोका नरहुन भन्ने उदेश्यले नाम टिपाउनु भएका दलित, जनजाति र राना-थारु समुदायका कैलाली, कन्चनपुर, बाके बर्दिया, दैलेख, गुल्मी दाङ्ग र पश्चिम पाहडहरु अनि सोलु, पाँचथर, उदयपुरबाट काठमाडौ मजदुरी गर्न आएका तर सरकारी निर्देशन मानेर भोकै पर्खी बसेका बिपन्न बर्गका मजदुर दाजुभाई दिदिबहिनीलाई हाम्रो प्रयाशमा सानो निजि सहयोग गरियो । नेपाल सरकारको एकद्वारे नीतिले राहत को पहुँच र प्रक्रियामा समेटन नसकिएका यी मजदुरका नेताहरु आज प्रधानमन्त्रीको सल्लाहकार र मन्त्री भैरहदा पनि अलपत्र र भोकै ज्यालादारी मजदुर मद्य्ये सकेकोलाई "सेवा दिनु नै धर्म हो" भन्दै कानुनी कार्वाहीको घिनलाग्दो अवस्थाका बिच पनि उद्दारको सट्टा दुबैखाले राहत बितरण गरियो ।

सो कार्यमा नेपाल पत्रकार महासंघका नेता लोकेन्द्र भट्ट र नेपाल मेडिकल काउन्सिल पुर्ब सदस्य भिम चन्द र समाजसेवी ज्योतेन्द्रजङ्ग लामिछानेले अनुगमन तथा सयोजनमा गरेका थिए । भण्डारीका अनुसार  बुढानिलकण्ठ, टिचिङ्ग अस्पताल, लैनचौर आसपास को भवन निर्माणमा खटिएका मजदुर लाई १५दिन पुग्ने खाद्यान्न बितरण कार्य गर्यो । जसमध्ये कैलालीको घोडाघोडी नगरपालिकाबाट टिचिङ्ग आएर मार्कामा परेका बिरामीका आफन्तले किचन अभावमा खाद्यान्नहरु काम नलाग्ने बताएपछि क्यान्टिनमा खान अस्पताल नै पुगेर नगद ३हजार दिईयो र डाक्टरहरुलाई छिटो अप्रेसन सहयोग गर्न लगाउने पहलकदमी गरियो । यी विभिन्न सहयोगको स्थान र समय को बारे नेकपा र कांग्रेसको केन्द्रीय नेतृत्वलाई समेत पुर्ब जानकारी गराई निष्पक्ष रुपमा बितरण गरिएको वहाँको दाबी छ । युवानेता भण्डारी नेतृत्वमा विभिन्न जिल्लाका २१ जना भन्दा बढीलाई १२० केजि चामल, १६ केजि गेडागुडी, १६लिटर तेल, मनग्ये चिउरा, भुटेको चना, मसला, नुन, चिनी,हल्दी, खुर्सानी, मिनरल वाटर, सेनिटाईजर, मास्क, पन्जा र औषधिहरुको राहत बितरण गरिएको स्थानीय वार्डके जनाएको छ । 

अभियन्ता ज्ञानेन्द्र शाही भन्छ्न आज कोरोना पोजेटिभ पुष्टि भए लगतै केन्द्र र प्रदेश सरकार, स्थानीय सरकारबीच गहन समन्वय अभाव भै कोरोना बढीरहेको छ । कोरोना पाइएको क्षेत्रलाई शिल गरि अन्य व्यक्तिमा समेत कोरोना सरेको हुन सक्ने सम्भावना लाई ध्यानमा राख्दै बिश्वाशनिय मास टेस्टिङ्गको प्रक्रिया शुरु गर्दै निष्पक्ष राहत बितरण नियमित र खुला गर्न शाहिले माग गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.