add

नेपालको दोस्रो कोरोना संक्रमित २७ दिनपछि कोरोनालाई जितेर डिस्चार्ज भईन्






ActPro Nepal

|

६ वैशाख, २०७७

|
1097

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित १९ वर्षीया युवती डिस्चार्ज भएकी छिन् । २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ स्वस्थ्य भएसँगै उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शनिबार डिस्चार्ज गरेको हो ।

चैत ४ मा फ्रान्सबाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोरोना पोजेटिभ देखिएपछि भर्ना भएकी थिईन् ।

केही दिनअघि गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि दोहोर्‍याएर उनको स्वाब परीक्षण गरिएको थियो ।

दोहोर्‍याएर गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

संक्रमितमध्ये उपचारपछि निको भएकी यिनी दोस्रो नेपाली हुन् । यसअघि कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट आएका एक संक्रमित युवक उतिवेलै निको भएर घर गइसकेका थिए । यो काेराेना विरूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो ।

अहिले टेकु अस्पतालमा धादिङका संक्रमित युवा उपचाररत छन् । पछिल्लो समय नेपालमा संक्रमितको संख्या ३० पुग्दा २ निको भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.