add

सर्लाहीमा १४ वर्षीय बालकमा कोरोना पोजेटिभ






ActPro Nepal

|

६ वैशाख, २०७७

|
584

सर्लाही । सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो ।

सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे । 

कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताए । उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई र्यापिड टेष्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उनले जानकारी दिए । 

कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।  रासस 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.