add

उपत्यका नछाड्न काठमाण्डौका मेयरहरुको आग्रह, कोही भोकै भए ११८० र ११३१ मा फोन गर्नु






ActPro Nepal

|

५ वैशाख, २०७७

|
1076

काठमाण्डौ । उपत्यकाका मेयर र उपमेयरहरुले लकडाउनका बाबजुद काठमाण्डौ छाडेर पैदलै गाउँ फर्किरहेका नागरिकहरुले घर नजान सामूहिक आह्वान गरेका छन् । 

उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप–प्रमुखहरु संलग्न नगरपालिका फोरमले शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठी र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँगको छलफलपछि कसैलाई पनि उपत्यका नछाड्न आह्वान गरेका हुन् । 

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेको र यसको पूर्ण पालनामै सबैको हित हुने उल्लेख गर्दै नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अवस्थामा एक स्थानीय निकायबाट अर्को स्थानीय निकायमा जान प्रतिबन्ध लागेकोले जो जहाँ छ, त्यही सुरक्षित बसिदिन समेत आग्रह गरेका छन् । 

उनले कोही कतै भोकै परेको भए नगरपालिका फोरमको टोल फ्री न ११८० र ११३१ मा जानकारी दिन समेत आग्रह गरेका छन् । 

उनले काठमाण्डौ उपत्यकामा बस्ने कसैलाई पनि भोकै हुन नदिने प्रष्ट पारेका छन् । 

फोरमको तर्फबाट शुक्रबार नै मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् । 

यस्तो प्रतिकुल अवस्थामा पनि काठमाडौँ उपत्यका छाडि सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। विज्ञप्तिमा भनिएको छः ‘लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई रासन वितरण तथा अन्य प्रयास गरिरहेका छन् उपत्यकामा रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरण गरेको विदितै छ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.