add

स्थानीय तहका सबै कर्मचारीलाई २४ घन्टा भित्र कार्यालय हाजिर हुन निर्देशन






ActPro Nepal

|

५ वैशाख, २०७७

|
892

काठमाडौं । सरकारले स्थानीय तहमा अनुपस्थित प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र पुगेर हाजिर गर्न निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै सरुवा भएको लामो समयसम्म पनि तोकिएका स्थानीय तहमा नपुगेका प्रमुख प्रशासकीय अधिकृतलाई तुरुन्त हाजिर हुन निर्देशन दिएको हो ।

कोरोना माहामारीको अवस्थामा जनतालाई प्रत्यक्ष रुपमा सेवा पुर्याउनुको साथै स्वास्थ्य सामाग्री खरिद तथा वितरण गर्नु पर्ने हुनाले उक्त निर्देशन दिएको हो ।


विशेष परिस्थितीले क्षेत्रभन्दा बाहिर रहेका कर्मचारीले पासको व्यवस्था गरेर अनिवार्य कार्यालय हाजिर हुनको लागि सूचना मार्फत आग्रह गरिएको छ ।

सरकारले लकडाउनअघि नै केही स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो । वीरगञ्ज महानगरपालिकामा सुरुवा भएका सहसचिव भूमिराज शर्मा अहिलेसम्म वीरगञ्ज पुगेका छैनन् ।

त्यहाँ भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएपछि त्रासको अवस्था छ । तर, महानगरपालिकाका प्रशासकीय अधिकृत शर्मा कार्यभार सम्हाल्न पुगेका छैनन् ।हेटौंडा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएका कविराज पौडेल पनि अझै हाजिर भएका छैनन् ।

समान्य प्रशासन मनत्रालयका प्रवक्ता बसन्त अधिकारीले यस्तो महामारीको समयमा पनि तोकिएको जिम्मेवारी पूरा गर्न नजाने अधिकारीलाई कार्यस्थलमा पुग्न समयसीमा दिइएको बताए । अटेर गरे कानूनअनुसार स्पष्टीकरण सोध्नेसहित कारवाहीको प्रक्रिया अघि बढाउने उनले बताए ।

अहिले करिब १५ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरु अनुपस्थित छन् । प्रमुख प्रशाससकीय अधिकृत नहुँदा स्थानीय तहलाई राहत वितरणमा सममन्वय गर्न र बैंक खातामा रहेको बजेट परिचालन गर्न समस्या परिरहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.