add

धनगढीमा स्वाब परीक्षण गर्दा रुकुमपश्चिमका दुई जनामा कोरोना पुष्टि






ActPro Nepal

|

४ वैशाख, २०७७

|
640

काठमाडौं  । धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा स्वाब परीक्षण गरिएका दुई जनामा कोरोना पुष्टि भएको छ । 

प्रयोगशालामा जडान गरिएको आरटीपीसीआर मेशिनमा नमूना परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । तर, दुबै जना भने सुदूरपश्चिमका नभई रुकुम पश्चिमका छन् ।

प्रयोगशाला स्रोतका अनुसार सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखिएको हो । धनगढीस्थित प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि नमूना काठमाडौँ पठाईएको छ । संघीय सरकारले मेशिन पठाएपछि धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा आरटीपीसीआर मेशिन जडान गरिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.