add

निःशुल्क गराइएको सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द






ActPro Nepal

|

४ वैशाख, २०७७

|
614

नेपालगञ्ज । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा पोखरास्थित कमला मेडिसिन बन्द गराइएको छ ।

एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर केयर ह्याण्ड सेनिटाइजर बिक्रीवितरण गरेको पाइएपछि प्रहरीले उक्त पसलमा बुधवार छापा मारेर बन्द गरेको हो ।

कम्पनीले सरकारलाई निःशुल्क उपलब्ध गराएको ह्याण्ड सेनिटाइजरको बोतलमा ‘बिक्रीका लागि होइन’ लेखिएको भन्ने वाक्यांश छोपेर प्रतिबोतल रु ६०० का दरले बिक्री वितरण गरिररहेको पाइएपछि प्रहरीले उक्त फर्म बन्द गरेको जनाइएको छ ।

कमला मेडिसिनका सञ्चालक दीपेन्द्र अग्रवाल र केही निजी फर्म तथा व्यापारीको मिलेमतोमा स्यानिटाइजर बिक्री भएको सामाजिक सञ्जालमार्फत गुनासो आएलगत्तै गरिएको प्रारम्भिक अनुसन्धानपछि औषधि पसल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.