add

भारतमा एकै दिन थपिए ८४ हजार नयाँ कोरोना संक्रमित, संक्रमित१२ हजार नाघ्यो






ActPro Nepal

|

४ वैशाख, २०७७

|
625

काठमाडौं । विश्व महामारीको रुपमा फैलिइरहेको कोरोनाभाइरस संक्रमितको संख्या बुधबार एकै दिनमा ८४ हजार ५१५ नयाँ थपिएका छन् ।

पछिल्लो चारदिनमा नयाँ स‌ंक्रमितको संख्या घट्दो क्रममा देखिएपछि बुधबार भने बढेको छ ।

अमेरिकामा पनि घट्दो क्रममा रहेको संक्रमितको संख्या फेरि बढेको छ । अमेरिकामा हिजो एकै दिनमा ३० हजार २०६ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो समय इटलीले भने नयाँ संक्रमित थपिने क्रमलाई रोकेको छ । हिजो त्यहाँ जम्मा दुई हजार ६६७ जना मात्र नयाँ संक्रमित थपिएका छन् । भारतमा संक्रमितको संख्या १२ हजार नाघेको छ भने मृत्यु हुनेको सख्या ४ सय २२ पुगेको छ।

बुधबारसम्म भारतमा १२ हजार ३ सय ७० जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। बुधबारमात्र भारतमा ८ सय ८३ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने २९ जनाको मृत्यु भएको थियो।

भारतमा लगातार दुई दिन दैनिक एक हजारभन्दा बढी कोरोनाका नयाँ बिरामी देखिएका थिए, तर बुधबार यो संख्या केही घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.