add

पछिल्लो २४ घण्टामा २९ सयको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएन्






ActPro Nepal

|

३ वैशाख, २०७७

|
720

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ८९४ जनाको परीक्षण गरिएको छ ।

थप कोरोना संक्रमित बिरामी भने फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको जानकारी दिएका हुन्।

तर विभिन्न जिल्लामा भएको र्‍यापिड टेस्टमा भने पोजेटिभ देखिएको छ। पीसीआर परीक्षण नगरी कोरोना संक्रमण भएको भन्न नमिल्ने देवकोटाले बताए।

अहिलेसम्म पीसीआर र र्‍यापिड टेस्ट गरेर १५ हजार ८ वटा जनाको परीक्षण गरिएको छ।

संक्रमण फैलिने सम्भावना भएपछि अहिले १४ वटा जिल्लाबाहेक अन्य सबैमा र्‍यापिड टेष्ट गरिरहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रदेश नम्बर १ का सातवटा, प्रदेश २ का ३, गण्डकीमा १, प्रदेश ५ मा १ जिल्लामा परीक्षणा भएको छैन। यस्तै कर्णालीका २ जिल्लामा पनि र्‍यापिड टेस्ट हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ।

देशभर अहिले ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आइसोलेसनमा १ सय १७ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । कोरोनाबारे गुनासो व्यक्त गर्न स्थापना गरिएको कल सेन्टरमा २ हजार ६ सयभन्दा धेरैको गुनासो सम्बोधन गरिएको छ ।

त्यसैगरी मोबाइल एप्स र वेवसाइटबाट पनि स्वास्थ्य परीक्षणको स्वः मूल्याङ्कन गर्नेको संख्या १७ हजार ६ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना रेड जोनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.