add

राष्ट्रिय ध्वजाबाहक हाक्दै सुशील घिमिरे , के छन् चुनौती ?






ActPro Nepal

|

३ वैशाख, २०७७

|
732

काठमाडौं । राष्ट्रिय ध्वजाबाहकमा सरकारले फेरि महाप्रबन्धक खाली राखेर कार्यकारी अध्यक्ष ल्याएको छ।

मंगरलबारको मन्त्रिपरिषदको बैठकले पूर्वपर्यटन सचिवसमेत भइसकेका सुशील घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।

घिमिरेलाई अध्यक्ष नियुक्त गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो।

गत माघमा कार्यकारी अध्यक्ष मदन खरेलले राजिनामा दिएपछि कार्यकारी अध्यक्ष पद रिक्त थियो ।

घिमिरेले उपसचिव रहदा लामो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई सुरक्षा तथा प्राधिकरण सुपरिवेक्षणको जिम्मेवारी हेरेका थिए ।

यसअघि पर्यटन मन्त्रालयको सचिव हुँदा पनि नेपाल वायुसेवा निमगको अध्यक्ष भइसकेका छन्।

तर यसपालि भने उनी कार्यकारी अधिकारसहतिको अध्यक्ष नियुक्त भएका हुन्।

महाप्रबन्धक हुँदा निगममा पर्यटन मन्त्रालयका सचिव अध्यक्ष हुन्छन्। जसले मन्त्रालयको प्रत्यक्ष भुमिकका देखाउछन्।

तर कार्यकारी अध्यक्ष हुँदा सिधै मन्त्रीपरिषद वा प्रधानमन्त्रीको अधिन हुन्छ।

नेपाल सरकारका पूर्व पर्यटन सचिव घिमिरे नागरिक उड्डयन क्षेत्रमा गहिरो ज्ञान भएका व्यक्ति तथा निजामति क्षेत्रका पनि सुधारका शुत्रधार मानिन्छन् ।

उनको कार्याकालमा धेरै कामहरु भएका छन् । घिमिरेले उपसचिव रहदा लामो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई सुरक्षा तथा प्राधिकरण सुपरिवेक्षणको जिम्मेवारी हेरेका थिए ।

२८ बर्षदेखि सम्पादन हुन नसकेको नेपाल वायु सेवा निगमको जहाज खरीद प्रक्रियालाई निगमको सञ्चालक समितिको अध्यक्ष तथा मन्त्रालयको सचिवको हैसियतले घिमिरेले सम्पन्न गरेका थिए ।

निजामति किताब खानामा महानिर्देशक रहदा उनले ‘व्यक्तिगत सूचना प्रणाली’को विकास गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकमा प्रमुख जिल्ला अधिकारी रहदा घिमिरले एकद्धार प्रणालीमा नागरिकता प्रमाणपत्र वितरण गर्ने कार्य शुरु गरेको थिए ।

राहदानीको फारम विहान ८ बजे देखि १०ः३० बजेसम्म संकलन गरी सोहि दिन नै राहदानी वितरण गर्ने प्रक्रिया शुरु गरेका थिए ।

यसपछि घिमिरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको रुपमा २०६९ पुस २७ गतेदेखि २०७१ साउन ८ गतेसम्म जिम्मेवारी सम्हालेका थिए ।

घिमिरे यस अवधिमा निगमको संचालक समितिको अध्यक्ष थिए ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया सुरु गर्नमा पनि उनको महत्वपूर्ण सक्रियता र भूमिका रहेको थियो ।

४० वर्षअघिदेखि जग्गा अधिग्रहण गरी कार्यान्वयनमा नआएको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको कार्यान्वयन घिमिरे सचिव रहदा कार्यन्वयन सुरु भएको थियो ।

यसैगरी १० वर्षअघिदेखि कार्यान्वयनमा आउन नसकेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम पनि उनकै कार्यकालमा सुरु भएको हो ।

सचिवको हैसियतले उनले यी दुबै विमानस्थल सुरुवातमा महत्वपूर्ण काम गरेको भन्दै तत्कालिन मन्त्रीहरुले पनि प्रशंसा गरेका थिए ।

पर्यटन बाहेक घिमिरले सचिवको रुपमा सञ्चार मन्त्रालय, भूमिसुधार, स्थानीय बिकास, युवा तथा खेलकुद र महालेखा नियन्त्रकको सफल जिम्मेवारी सम्हालेका थिए ।

सचिवबाट अवकाश पाएपछि संयुक्त राष्ट्र संघको उच्च अधिकारीको भूमिकामा रहेर करिब २०/२५ मुलुकका कर्मचारीहरुसँग समन्वय गरेर काम गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रायलको जिम्मेवारी सम्हाल्न साथ घिमिरेलाई ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ को संयोजक बनाएका थिए ।

मन्त्री भट्टराईले नेपाल वायुसेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन घिमिरेको संयोजकत्वमा २२ साउन २०७६ मा ५ सदस्यीय ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका थिए ।

घिमिरको कार्यदलले १ असोज २०७६ मा मन्त्री भट्टराईलाई प्रतिवेदन बुझाएका थिए । घिमिरकोे कार्यदलले निगमको सुधारको लागि तत्कालीन र दिर्घकालीन रुपमा गर्नु पर्ने कामको सूची बनाएर सुझाव प्रस्तुत गरेको थियो ।

तत्कालीन भन्नाले तुरुन्त शुरु गरेर एक वर्ष भित्र सक्नु पर्ने र दिर्घकालीन भन्नाले ३ महिना भित्र शुरु गरेर एक वर्ष वा सोभन्दा बढी समय लाग्ने गरी वर्गिकरण गरेर सुझाव दिएको छ ।

निगमको पुनसंरचना, व्यवस्थापकीय पुनसंरचना, संस्थागत पुनसंरचना, गन्तव्य विश्लेषण, बजार व्यवस्थापन, मानव श्रोत व्यवस्थापन लगायतको बिषयमा घिमिरेको कार्यदलले दिएको सुझावबाट मन्त्री भट्टराई प्रभावित छन् ।

निगमको सुधारको लागि निगमको बारेमा जानकारलाई नेतृत्व दिदा सुधार ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ ।

नवनियुक्त घिमिरेले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सुधारका विशेष कार्ययोजना बनाएर अघि बढ्ने बताए ।

गौरवमय इतिहास रहेको नेपाल वायु सेवा निगम अनेकौं उत्तरचढावको बीच यहाँसम्म आइपुगेको उल्लेख गर्दै घिमिरले अब यसलाई पछिल्लो प्रतिस्पर्धी बजारमा अब्बल बनाएर लैजानुको विकल्प नभएको बताए ।

उनले भने,‘गौरवमय इतिहास बोकेको नेपाल वायु सेवा निगमलाई अब्बल बनाएर लैजानुको विकल्प छैन ।

निकै उत्तरचढावबीच आएको निगमको वर्तमान चुनौतीपूर्ण छ । कडा मेहेनेतको साथ यसको उज्यालो भविष्यको लागि लाग्नेछु ।’

धेरै मुलुकहरुसँग हवाई सम्झौता भइसकेको अवस्थामा निगमको अन्तराष्ट्रिय बजारमा बलियो प्रतिस्पर्धीको रुपमा स्थापनाको चुनौती रहेको बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.