add

विश्वभर कोरोना संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ जना, अमेरिकामा एकै दिन २१ सयभन्दा बढीको मृत्यु






ActPro Nepal

|

३ वैशाख, २०७७

|
636

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसको संक्रमणबाट  अमेरिकामा कोरोना भाइरसबाट एकैदिनमा २१ सयभन्दा बढीको मृत्यु भएको छ।

मंगलबार मृत्यु भएको यो संख्या अहिलेसम्मकै बढी हो।

सीएनएनका अनुसार यसअघि अप्रिल १० मा एकैदिन २ हजार ७४ जनाको मृत्यु भएको थियो।

मंगलबार साँझ (स्थानीय समयअनुसार) त्यहाँ कोरानाबाट मृत्यु हुनेको संख्या २५ हजार ७ सय ५७ पुगेको छ।

अमेरिकामा कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा छ। अहिलेसम्म त्यहाँ ६ लाख ५ हजार संक्रमित छन्।

तेस्तै, विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमाबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ । संक्रमितमध्ये चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.