add

थप तीन जनामा संक्रमण, एकैदिनमा १७ जना रेड जोनमा






ActPro Nepal

|

३० चैत, २०७६

|
929

काठमाडौं । आइतवार थप तीन जनामा कोरोना संक्रमण फेला परेको छ । 

एक सातापछि आइतबार नेपालमा नयाँ कोरोना संक्रमित  भेटिएका हुन्।  तीन जनामा कोरोना संक्रमण फेला परेको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो। 

कोरोना पुष्टि हुनेमा ३७, ४४ र ५५ वर्षीय भारतीय पुरुष छन्। उनीहरु तीनै जनाको उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भइराखेको छ। 

शुक्रबार हेटौंडामा परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। 

आइतबार प्रयोगशालामा पुनः परीक्षण गर्दा उनीहरुमा पोजिटिभ देखिएको हो। यसअघि नेपालमा ९ जनामा कोरोना पुष्टि भएको थियो। 

जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन्। अन्य आठजनामध्ये चारजनाको धनगढी र दुईदुई जनाको बागलुङ र टेकुमा उपचार भइराखेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.