add

सीएनएनको उत्कृष्ट सूचीमा परिन् आरोही पूर्णिमा श्रेष्ठ






ActPro Nepal

|

१४ पुष, २०८१

|
169

काठमाडौँ । विश्व प्रसिद्ध सञ्चार संस्था सीएनएनले नेपालकी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वर्ष २०२४ को सफल खेलाडीको सूचीमा राखेको छ।

सन् २०२४ मा विश्वभरमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन्। पूर्णिमाले दुई हप्तामा तीन पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएकी थिइन्। यो उपलब्धि केवल १३ दिनमा हासिल गरेको भन्दै श्रेष्ठलाई सीएनएनले सूचीमा राखेको हो। श्रेष्ठ पेसाले फोटो पत्रकार हुन्।

‘मेरो शरीर थकित भएको थियो। म आफूलाई कहिलेकाहीँ मूर्ख महसुस गर्थें। उद्देश्यबाट पछि हटौं कि जस्तो लाग्थ्यो,’ सीएनएन स्पोर्टसँग उनले भनेकी छन्। धेरै खर्चका कारण यो काम मुस्किल भए पनि आफ्नो सपनामा अडिग भएकोले सफल हुन सकेको उनले बताएकी छन्।

पूर्णिमाले सन् २०२१ मा धौलागिरी हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्ने कीर्तिमान पनि राखेकी छिन्। पूर्णिमाले सीएनएनको सम्मानप्रति गौरवान्वित महसुस गरेको बताएकी छन्। सामाजिक सञ्जालमा सन्देश सेयर गर्दै उनले सन् २०२४ जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको बताएकी छन्।

‘यो वर्ष सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो। यसै वर्ष म एउटै आरोहण सिजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ। यस यात्रामा मलाई साथ र हौसला दिने मेरो परिवार, साथीहरू र सबै तपाईंहरूलाई धन्यवाद। आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरू र साहसिक यात्राहरूको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनले भनिन्।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.