add

थर्मल गन कालोबजारी गरेको आरोपमा ,शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ






ActPro Nepal

|

२५ चैत, २०७६

|
963

काठमाडौं । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ परेका छन्। 

उनलाई कोरोना परीक्षण गर्ने इन्फ्रारेड थर्मल गन (ज्वरो नाप्ने यन्त्र) कालोबजारीमा बिक्रि गरेको आरोपमा मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नक्सालबाट पक्राउ गरेको हो।

उनलाई ५ हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ । अग्रवालको साथबाट ६६ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको छ ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।

समाजका अग्रणी उद्योगी र कुटनीतिज्ञले पदको समेत मानमर्दन नगरी यो विषम परिस्थितिमा कालोबजारी गरेको महानगरीय प्रहरीले बताएको छ ।

किर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको महानगर प्रहरीले जानकारी दिएको छ । उनीसँगै २०९– एचसीसी –१ नम्बरकाे नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.